Search answer for your unanswered questions.

Class : 11
Unit : कृषि,उद्योग र निर्माण


पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : म व्यावसायिक कृषक र उद्यमीको पक्षमा छु किनभने- i) जागिर खाने उमेरको हद हुन्छ । सो हद पूरा गरेपछि सेवा निवृत्त होइन्छ । खेतीपाती र उद्यममा उमेरको हद हुँदैन । सकुञ्जेल काम गर्न पाइन्छ । ii) जागिर छोडेपछि सन्तानले सो ठाउँ पाउँछन्, त्यस्तो सुविधा पाउँछन् भन्ने कुनै निश्चित हुँदैन । खेतीपाती तथा उद्यममा सन्तानलाई जागिरको खाँचो हुँदैन । आफ्नो व्यवसाय रेखदेख गरी जीविका चलाउन सकिन्छ। iii) जागिरमा निश्चित रकम तलब सुविधा वापत पाइन्छ । खेतीपाती र उद्यममा आयको सिमा हुँदैन । राम्रो उत्पादन भए वा उद्यम राम्ररी चलेमा राम्रै आय हुन्छ । संसारमा नोकरी गर्नेभन्दा उद्यमीहरूले बढी आय आर्जन गरेका छन् । iv) जागिर खाँदा भविष्य सुरक्षित हुन्छ भन्ने भावना हुन्छ । सेवाबाट निवृत्त भएपछि राम्रै रकम पाइन्छ भन्ने आश हुन्छ । खेतीपाती तथा उद्यममा पनि भविष्य सुरक्षित हुन्छ । यसका लगानी र परिश्रम गरे अझ बढी आय हुन्छ। v) जागिरमा सरुवा भइरहन्छ । आफ्नो उद्यम र कृषिमा सरुवा हुँदैन । vi) जागिरमा काम गर्ने अवधि निश्चित हुन्छ । सो समयमा कार्यालय जाने र काम गर्नुपर्ने हुन्छ । खेतीपाती र उद्यममा समय सिमा निश्चित हुँदैन, आफू खुसी काम गर्न पाइन्छ । vii) जागिरमा हाकिमलाई खुसी पार्नुपर्छ तर आफ्नो उद्यम तथा कृषिमा कसैलाई खुसी पार्नुपर्दैन, आफू खुसी भए पुग्छ। viii) जागिरमा जति मिहिनेत र श्रम पगरेपनि उही तलब पाइने हो । खेतीपाती र उद्यममा जति बढी मिहिनेत गर्यो उति नै बढी प्रतिष्ठा र आय आर्जन बढ्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.