Search answer for your unanswered questions.

Class : 11
Unit : किशोरावस्था र स्वास्थ्य जीवनशैली


किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : यो अवस्था सबै प्राणीले पार गर्नुपर्छ । बाल्यकालबाट किशोर भएपछि मात्र वयस्क अवस्था आउँछ । यो अवस्थामा शारीरिक परिवर्तन हुन्छ । मनोवैज्ञानिक परिवर्तन हुन्छ । शरीरमा हर्मोनमा परिवर्तन आउँछ । साथीहरूसँग बढी घुलमिल गर्ने तथा जोश जाँगर चल्ने, काम गर्दा हडबडाउने, अभिभावकका विचार र काम गराई प्रति विमति राख्ने, चाँडै खुसी हुने वा चाँडै रिसाउने जस्ता काम यो अवस्थामा देखिन्छ । यो अवस्थामा भविष्य बनाउने समय पाइन्छ । असल व्यवहार, चालचलन र असल सङ्गत बढाउने समय पाइन्छ । यो उमेरमा काममा दक्षता प्राप्तिका लागि सिक्ने अवसर पाइन्छ । आफ्नो सपना वा महत्त्वाकांक्षालाई पूरा गर्न अग्रसर हुने समय मिल्छ । यसैले यो अवस्थालाई महत्त्वपूर्ण अवस्था भनिएको हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.