Search answer for your unanswered questions.

Class : 11
Unit : कृषि,उद्योग र निर्माण


“नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा कृषि र उद्योग एक अर्काका पूरक हुन् । नेपालमा अधिकांश उद्योग, कृषि उत्पादनमा आधारित छन् । जस्तैः चामल, तेल, चिनी, कफी, जुट, सिंगरेट, चिया, अलैची प्रशोधन, फलफूलको रस निकाल्ने, कार्डबोर्ड डिस्टलरी, विस्कुट, सुजी, चाउचाउ, मैदा, आटा, कृषि उपकरण आदि हाम्रो देशमा जति कृषि उत्पादन बढ्यो, उतिनै कृषिमा आधारित उद्योग बढ्छन् । उद्योग बढे, रोजगारी बढ्छ, राजस्व बढ्छ, आयात घट्छ, बचत बढ्छ । आर्थिक अवस्थामा सुधार हुन्छ । मानिसको जीवनस्तरमा सुधार आउँछ । कृषि उत्पादन घटे उद्योग घट्छ र यसले आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्छ। हाम्रो देशको कृषि निर्वाहमुखी छ । कृषि उत्पादन कम छ । यसकारण कृषिमा आधारित उद्योगहरूको सङ्ख्या पनि थोरै छ । हामीले कृषि उत्पादन बढाउन सक्यौ भने उद्योगहरूट सङ्ख्या पनि बढ्छ । रोजगारी पनि बढ्छ । राष्ट्रिय आय पनि बढ्छ । कृषि उत्पादन वृद्धि गर्न कृषिलाई व्यवसायीकरण गर्नुपर्छ । यसका लागि निम्न उपायहरू अवलम्बन गर्नुपर्छ- i) किसानहरूलाई कृषिको आधुनिक प्रविधिको तालिम दिनुपर्छ । ii) ऐच्छिक विषयको रूपमा गाउँघरका विद्यालयहरूमा कृषि शिक्षा लागू गर्नुपर्छ । iii) किसानलाई खेतीको याम अगावै उन्न्त बिउबिजन तथा मलखाद उपलब्ध गराउने राज्यले व्यवस्था गर्नुपर्छ । iv) किसानलाई कृषि उपकरण खरिद, मलखाद तथा बिउविजन खरिदका लागि सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउनु पर्छ । किनकि नेपालमा वर्षाको ठेगान हुँदैन । हिउँदमा वर्षा नहुने हुँदा सिँचाइ सुविधा भए बाली उत्पादन हुन्छ । v) भूमिगत जल उपलब्ध भएका ठाउँमा विद्युत् आपूर्ति सहज गरी सोको प्रयोग गरी सिँचाइ गर्नुपर्छ । vi) बढी से बढी किसानहरूलाई पायक पर्ने ठाउँमा कृषि उत्पादन भण्डारण गर्ने, गोदामघर निर्माण गर्नुपर्छ । vii) बाली बिमा प्रथा प्रचलनमा ल्याउनुपर्छ । viii) किसानलाई जैविक मल उत्पादन गर्ने र प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ । ix) यातायात सुविधा भएको र किसानलाई सुविधा हुने ठाउँमा कृषिबजार वा मण्डीको सरकारले व्यवस्था गर्नुपर्छ । यस्ता ठाउँमा सरकारले वा व्यापारीहरूले खरिद गर्ने प्रबन्ध गर्नुपर्छ । x) प्रमुख बालीहरूको न्यूनतम बिक्री मूल्य सरकारले बाली तयार हुन अगावै तोक्नुपर्छ र कृषि बजारमा सो मूल्य किसानले पाउनु पर्छ । xi) चर्को ब्याज लिने तथा जाली तमसुक बनाई उठीबास लगाउने साहु महाजनलाई कडा सजाय दिनुपर्छ । औद्योगिक विकासका उपायहरू– i) देशमा प्राविधिक शिक्षालयहरूको व्यवस्था गरी दक्ष कामदार उत्पादन गर्ने । ii) उद्योगहरूलाई कोरामालको प्राप्तिका लागि यातायात तथा सञ्चारको विकास गर्ने । iii) उद्योगहरूको उत्पादन बिक्री गर्न बजारको व्यवस्था गर्ने । यसका लागि संरक्षण नीति अवलम्बन गर्ने। iv) उद्योगलाई चाहिने पूँजीका लागि वित्तिय संस्थाहरूमा बचत निक्षेप हुने वातावरण बनाउनुपर्छ । वित्तिय संस्थाहरूले बचत डुब्दैन भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ । v) उद्यमी र कामदारबिच सुमधुर सम्बन्ध स्थापना गर्नुपर्छ । उद्यमीको कठिनाई कामदारले विचार गर्ने र कामदारको कठिनाई उद्यमीले बुझ्नुपर्छ । vi) हावापानी र माटो अनुसारको कृषि बाली उत्पादनमा जोड दिने यसरी बाली विविधीकरणले गर्दा सबै उद्योगहरूलाई कोरामालको आपूर्ति भइरहन्छ । vii) उद्योगहरूले बाली खरिद गरेपछि किसानहरूलाई भुक्तानी दिनुपर्छ । झुक्याउने काम गर्नुहुँदैन । viii) उद्योगले गुणस्तरयुक्त वस्तु उत्पादन गर्नुपर्छ जसले बजारमा सहज प्रतिस्पर्धा गर्न सकोस् । त्यसो भए उद्योगलाई बजारको अभाव हुँदैन । ix) सशर्त ठूला उद्योगहरूको स्थापनाका लागि बहुराष्ट्रिय कम्पनीहरूको लगानीका लागि वातावरण बताउनुपर्छ । यसबाट रोजगारीका साथै राजस्व पनि वृद्धि हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.