Search answer for your unanswered questions.

Class : 11
Unit : किशोरावस्था र स्वास्थ्य जीवनशैली


किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ, कारणहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अवलम्बन गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ । यो उमेरमा खराब बानी लाग्यो भने जीवनभर दुःख पाउनुपर्छ । अस्वस्थ खानपानले विरामी लाग्यो भने पछिको जिन्दगी काम नगरी उपचार गर्दै बिताउनु पर्छ । किशोर अवस्थामा कुनै रोग लागेन भने आफ्नो पेशा कामप्रति बढी ध्यान दिई भविष्य सपार्न सकिन्छ । यो उमेरमा सकारात्मक सोच र सिर्जनशील भइयो भने भविष्य उज्ज्वल हुन्छ । यसैले यो उमेरमा स्वस्थ र सन्तुलित खानपानमा ध्यान दिनुपर्छ । प्रशस्त पानी पिउनु पर्छ । स्वच्छ मनोरञ्जन गर्नुपर्छ । समय मिले घुमफिर गरी ज्ञान वृद्धि गर्नुपर्छ । असल सङ्गत गरी अन्तरक्रियामा रमाउनुपर्छ । कुलतबाट टाढा रहनुपर्छ । सामूहिक काममा सहभागिता जनाउनुपर्छ । अहिले स्वस्थ जीवनशैली अवलम्वन गरेमा सो बानी जिन्दगी रहने हुनाले जीवन सफल भई समुदायमा प्रतिष्ठा वृद्धि हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.