Search answer for your unanswered questions.

Class : 11
Unit : विप्रेषण र नेपाली अर्थतन्त्र


वैदेशिक रोजगारबाट देशको अर्थतन्त्रलाई पर्ने कुनै ५ सकारात्मक र कुनै ५ नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सकारात्मक: (क) देशमा बेरोजगारी घट्छ । यसले सामाजिक विकृति पनि घट्ने सम्भावना बढ्छ। (ख) यसबाट विप्रेषण रकम प्राप्त हुन्छ । यसले देशको विदेशी मुद्राको आय बढ्छ । (ग) रोजगारीमा गएका परिवारको आर्थिक स्थितिमा सुधार आउँछ । यसरी यसबाट देशको आर्थिक अवस्थामा सुधार हुन्छ। (घ) देशले विप्रेषण रकम उत्पादनमूलक कार्यमा लगानी गरी रोजगारी सिर्जना गर्न सक्छ । (ङ) विप्रेषण रकमले राज्यलाई आवश्यक वस्तु आयात गर्न सहज गर्छ। (च) यसबाट राष्ट्रिय आय वृद्धि हुन्छ र देशको आर्थिक अवस्थामा सुधार आउँछ । नकारात्मकः (क) देशमा परनिर्भरता बढ्छ। (ख) देशमा आवश्यक श्रमशक्तिको कमी हुन्छ । जसबाट योजना समयमा पूरा गर्न बाधा पर्छ। (ग) देशको युवाशक्ति विदेशको विकासमा संलग्न हुन्छ आफ्नो देशको प्रगतिमा बाधा पर्छ । (घ) परिवारको आय बढ्नाले विलासिताको वस्तु उपभोग गर्ने प्रवृत्ति बढ्छ। आफ्नो काम गर्ने जाँगर घट्छ। (ङ) देशमा उत्पादनमूलक वस्तुकोभन्दा बिलासिता सामग्रीको आयात बढ्छ र व्यापार घाटा बढ्छ। (च) बैदेशिक रोजगारी स्थायी आयको स्रोत नभएकोले यसबाट दिगो आर्थिक विकासलाई टेवा पुग्दैन ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
2.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
3.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
4.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।
5.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?
6.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
7.)निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।
8.)स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।
9.)शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।
10.)‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।