Search answer for your unanswered questions.

Class : 11
Unit : विप्रेषण र नेपाली अर्थतन्त्र


वैदेशिक रोजगारमा जाने कामदारले के के कुराको जानकारी राख्न आवश्यक छ ? उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : वैदेशिक रोजगारमा जाने कामदारले जान्नुपर्ने कुराहरु: (क) राज्यले कामदार जान स्वीकृत गरी सम्झौता गरेका देशमा मात्र जानुपर्छ । (ख) कामदारले जानु अघि आफ्नो सिपमा दक्षता हासिल गर्नुपर्छ । सिप नजानी, वैदेशिक रोजगारीमा जानु हुदैन नत्र दुःख पाइन्छ । (ग) आफू जाने देशको धर्म, परम्परा रीतिरिवाज, कानुन, भाषा आदिको जानकारी राख्नुपर्छ। (घ) आफू काम गर्न गएको देशमा पाइने तलब सुविधा, आदिको र खर्चको तुलनात्मक अध्ययन गर्नुपर्छ। लाग्ने खर्च उकास्न कति दिन लाग्छ ? आफू यहाँ बस्दा जति कमाई हुन्थ्यो त्यो भन्दा बढी कमाइ हुन्छ भने मात्र जानुपर्छ । (ङ) आधिकारिक कम्पनीमार्फत् आधिकारिक बाटो प्रयोग गरी जानुपर्छ चोर बाटो प्रयोग गरी गएमा दुःख पाइन्छ । कोही जवाफदेही हुँदैन । (च) आफू आधिकारिक कागजात प्रयोग गरी जानुपर्छ । सोको प्रतिलिपि परिवारलाई पनि दिनुपर्छ । (छ) Visit भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन । (ज) वैदेशिक रोजगारीमा गएर ठगिएको थाहा पाएमा सरकारको वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ । (झ) आफू रोजगारीमा गएपछि केही अप्ठ्यारो परे कहाँ सम्पर्क गर्ने भन्ने कुराको पनि जानकारी लिनुपर्छ। (ञ) वैदेशिक रोजगारीमा जानका लागि बुझाएको शुल्कको भरपाई रसिद लिनुपर्छ। भरपाई सक्कल नभए ठगी गर्ने नियत रहेको बुझ्नुपर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
2.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
3.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
4.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
5.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।
6.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?
7.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
8.)निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।
9.)स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।
10.)शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।