Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा स्वास्थ्य सेवा


स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समुदायको सहभागिताविना कुनै पनि क्षेत्रको समुचित विकास हुँदैन । स्वास्थ्य सेवामा पनि समुदायको • सहभागिताले उल्लेखनीय भूमिका निर्वाह गर्छ । पहिले पहिले नेपालमा आधुनिक स्वास्थ्य सेवाको विस्तार भएको थिएन । त्यस्तो अवस्थामा परम्परागत रूपमा उपचार गर्ने चलन थियो । तालिम प्राप्त स्वास्थ्य कर्मीको अभाव, औषधिको कमी, स्वास्थ्य संस्था र उपकरणको कमी थियो । स्थानीय स्तरका अनुभवी व्यक्तिहरूको सहायताले उपचार गरिन्थ्यो । तामाङ जातिमा लामा, लिम्बूका फेदाङ्मा, गुरुङका पच्यु र घ्याप्रिङ आदिबाट, उपचार गराइन्थ्यो । आफ्ना अग्रजहरूबाट शिक्षा र सिप तथा स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको उपयोग गरी उपचार गरिन्थ्यो । हाल आधुनिक चिकित्सा सेवाको विस्तार हुँदैछ। तापनि नेपालको सबै ठाउँमा स्वास्थ्य सेवा सहज रूपमा पुयाउन सकिएको छैन । स्वास्थ्य सेवा पुऱ्याउन स्रोत र साधनको कमी छ। स्वास्थ्यकर्मीको कमी छ । यस्तो अवस्थामा समुदायको सहभागिताले स्वास्थ्य सेवा विस्तारमा ठूलो सहयोग पुयाउँछ । समुदायको सहभागिताले निरोधात्मक, उपचारात्मक, प्रवर्द्धनात्मक र पुनः स्थापनात्मक सेवामा समुदायको सहभागिताले उल्लेखनीय सहयोग पुऱ्याएको छ। हाल हरेक क्षेत्रमा स्वास्थ्य स्वयं सेविका र सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू परिचालन गरिएको छ । निजी, सार्वजनिक तथा गैरसरकारी संघ संस्थाहरूले सहयोग गरेका छन् । समुदायको सहभागितामा सरसफाइ कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, खोप कार्यक्रम, मातृशिशु सेवा कार्यक्रम, अन्धोपन नियन्त्रण परियोजना, एच.आइ.भी. एड्स, औलो ज्वरो, कालाजार नियन्त्रण आदि जस्ता कार्यक्रम चलिरहेका छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.