Search answer for your unanswered questions.

Class : 11
Unit : स्थानीय, औपचारिक र अनौपचारिक कारोबार


‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सरकारमा दर्ता नभई लुकी चोरी विना अभिलेख गरिएको कारोबारलाई अनौपचारिक कारोबार भनिन्छ । सिमापारीबाट सामान लुकीचोरी ल्याएर बेच्ने कारोबार, जुवातास खेलाएर आयआर्जन गर्ने कारोबार, साहु महाजनले तमसुक बनाई चर्को व्याजमा गाउँघरका मानिसलाई ऋण दिनु, लागू औषधको कारोबार, घुसखोरी, अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने आदि कारोबार अनौपचारिक कारोबार भनिन्छ । यस्ता कारोबार बढेमा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । अनौपचारिक कारोबारको केही अभिलेख राखिएको हुँदैन । यस्तो कारोबारबाट प्राप्त हुने आयमा कर तिरिंदैन । सरकारलाई यस्तो कारोबारबाट कुनै आय आर्जन हुँदैन । यसकारण यसलाई नियमन गर्न कठिनाई पर्छ । यस्ता कारोबारले अवैधानिक सरसामानको पनि बिक्री वितरण हुन सक्छ । सामाजिक विकृति उत्पन्न गराउने कारोबार पनि यस अन्तर्गत हुनसक्छ । अनौपचारिक कारोबारबाट सरकारलाई कुनै पनि कर प्राप्त हुँदैन । यसकारण यस्ता कारोबारले राष्ट्रिय आयमा वृद्धि हुँन । सरकारलाई विकास निर्माण कार्यका लागि कुनै पनि आर्थिक सहयोग हुँदैन । यस्ता कारोबारको कुनै अभिलेख हुँदैन । यस्ता कारोबारलाई नियमन गर्न कठिनाई पर्छ । यस्ता कारोबारले कर नतिर्ने भएकोले बैध कारोबारबाट गरिने सामानको मूल्यभन्दा अनौपचारिक कारोबारबाट गरिने सामानको मूल्य कम हुने हुँदा यसले बैध कारोबारलाई पनि बाधा पुऱ्याउँछ । यस्तो कारोबारले सरकारलाई कुनै राजस्व प्राप्त नहुने हुँदा सरकारी आय नबढ्ने हुँदा राज्यको आर्थिक अवस्था डामाडोल हुन्छ । सरकारले सार्वजनिक सुरक्षामा पर्याप्त खर्च गर्न नसक्दा सामाजिक अस्थिरता उत्पन्न हुन सक्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
2.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
3.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।
4.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?
5.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
6.)निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।
7.)स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।
8.)शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।
9.)‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
10.)स्वस्थ जीवनशैलीका उपायहरूको सूची बनाउनुहोस् ।