Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ्य जीवनशैली र सामाजिक जीवन


‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हाम्रो जीवनशैलीलाई स्वस्थ राख्न खानपानको पनि ठूलो महत्त्व हुन्छ । शरीर र मनलाई स्वस्थ राख्न हामीलाई सन्तुलित खाना चाहिन्छ । खानाको उद्देश्य नै शरीरलाई स्वस्थ राख्नु, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु, शरीरलाई विभिन्न तत्त्वको कमीले हुने रोगबाट बचाउनु, शरीरलाई बल र ऊर्जा प्रदान गर्नु हो । खाना छनौट गर्दा खानाको प्रकृति, मनको इच्छा र शरीरको अवस्थालाई ख्याल राख्नुपर्छ । हाम्रो खानामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, भिटामिन खनिज र पानी हुनुपर्छ । स्वस्थ खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । स्वस्थ खानेकुरामा फलफूल, दूध, दही , तरकारी, गेडागुडी र खाद्यान्न समावेश हुनुपर्छ। प्रशोधन गरिएका खाना, मिठा पेय पदार्थहरूमा विभिन्न रासायनिक पदार्थ मिसाइने हुनाले शरीरलाई फाइदा गर्दैन । स्वस्थ खानाले शरीरलाई स्वस्थ राख्छ । यसकारण हामीले स्वस्थ खाना खानुपर्छ । साथै पानी पनि हामीलाई चाहिन्छ । खाना खान एक घण्टा पहिले पानी पिउने र खाना खाएको एक घण्टापछि पानी पिउनु पर्छ । पानीले हाम्रो पाचन प्रणालीलाई शुद्ध गर्दछ । खाना खुसी भएर खाने र चपाएर खानुपर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.