Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा स्वास्थ्य सेवा


‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विश्व स्वास्थ्य सङ्गठनले दिएको स्वास्थ्यको परिभाषा- रोग र दुर्वलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनु नै स्वास्थ्य भनिन्छ । यो परिभाषाले स्वास्थ्यमा तीन वटा क्षेत्रलाई सामेल गरेको छ । स्वास्थ्य भनेको शारीरिक मात्र नभई मानसिक र सामाजिक रूपमा पनि स्वस्थ हुनुपर्छ । शारीरिक रूपमा स्वस्थ भनेपछि सो व्यक्तिमा कुनै पनि किसिमको रोग नहोस्, कुनै पनि किसिमको शारीरिक दुर्वलता नहोस् । अर्थात् निरोगी होस्, शरीरको सबै अङ्गले राम्ररी काम गरेको होस् । मानसिक रूपमा सो व्यक्ति स्वस्थ होस् । उसमा कुनै मानसिक रोग नहोस् । उसलाई चिन्ता वा तनाव नहोस् । स्नायु सम्बन्धी कुनै पनि दुर्वलता नहोस् । सामाजिक रूपमा सो मानिसको व्यवहार घर परिवार, छिमेकी, साथीभाइ, आफन्त, ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग भएका व्यक्तिहरूसँगको व्यवहार मैत्रीपूर्ण होस् । उसका मनमा कसैप्रति राग, द्वेष, ईर्ष्या नहोस् । यस्तो शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा स्वस्थ तथा सामाजिक रूपमा स्वस्थ भएमा सो व्यक्तिलाई स्वस्थ व्यक्ति भन्न सकिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.