Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा स्वास्थ्य सेवा


तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मेरो समुदायमा पोलियो खोप, भिटामिन ‘ए’ र जुकाका औषधि, आँखा शिविर, स्वास्थ्य परीक्षण शिविर, औंलो रोग नियन्त्रण, डेंगु रोग नियन्त्रण, हात्ती पाइले रोग नियन्त्रण आदि विभिन्न कार्यक्रमहरू सञ्चालन हुन्छन् । i) पोलियो खोप:- पोलियो रोगले मानिसलाई अपाङ्ग बनाउँछ । यो रोग लाग्दा हिँडडुल गर्न कठिनाइ हुन्छ। साथै पोलियो रोग लागिसकेको छ भने यसको उपचार सम्भव हुँदैन तर पोलियो खोपले रोग लाग्नबाट बचाउनुको साथै मानिसलाई स्वस्थ राख्छ । ii) भिटामिन ‘ए’ र जुकाको औषधि:- भिटामिन ‘ए’ को कमीले आँखामा समस्या आउँछ । भिटामिन ‘ए’ ले : आँखाको ज्योतिलाई घट्न दिँदैन। जुकाले पेटमा रोग ल्याउँछ यसकारण जुका नियन्त्रण गर्नुपर्छ। यो खोप कार्यक्रमले बालबालिकालाई स्वस्थ राख्न मद्दत गर्छ । iii) आँखा शिविर:- आँखालाई स्वस्थ राखन यस्ता शिविरले काम गर्छ । आँखामा कुनै रोग लाग्न लाग्यो भने समयमै उपचार हुन्छ । iv) औँलो रोग:- औलो रोग लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग लागेको मानिसलाई ज्वरो आउने गर्दछ। औंलो रोगविरुद्ध डी. डी. टी पाउडर छर्किएर लामखुट्टेलाई नियन्त्रण गर्नुपर्छ। औंलो रोगबाट बच्नका निम्ति हाल कुलदानी पनि वितरण गर्ने गरिएको छ । v) डेङ्गु रोग:- डेङ्गु रोग पनि लामखुट्टेबाट सर्ने रोग हो । यसले पनि स्वास्थ्यलाई हानि पुयाउँछ । डेड्गु रोगविरुद्ध औषधि छर्किएर लामखुट्टेको नियन्त्रण गर्नुपर्छ । vi) हात्तिपाइले रोग:– खुट्टा सुन्निएर हात्तिको जस्तो देखिने रोगलाई हात्तिपाइले रोग भनिन्छ । यो रोग लागेमा उपचार गर्न कठिनाई पर्छ। तराईतिर यो रोगले धेरै असर गरेको छ । हात्तिपाइले रोगविरुद्ध औषधि वितरण कार्यक्रमले मानिसलाई यो रोग लाग्नबाट बचाउँछ । यस्ता स्वास्थ्य कार्यक्रमको उद्देश्य मानिसहरूलाई रोगबाट जोगाई स्वस्थ राख्न मद्दत गर्नु हो। रोग नलागेमा मानिसले समुदाय, परिवार र देशलाई योगदान गर्न सक्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.