Search answer for your unanswered questions.

Class : 11
Unit : विप्रेषण र नेपाली अर्थतन्त्र


विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग कसरी गर्न सकिन्छ, बँदागत रूपमा सुझाव दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा भित्रिएको विप्रेषण रकमको अधिकांश भाग उपभोगमा खर्च हुन्छ । यसकारण यसले देशको आर्थिक विकासमा ठूलो भूमिका खेल्न सकेको छैन । विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा लगानी गरेमा यसले देशको आर्थिक स्थितिमा सुधार ल्याउँछ । यसका लागि- (क) विप्रेषण रकमलाई जनताको दैनिक आवश्यकता वस्तुहरू उत्पादन गर्ने उद्योगहरूको स्थापनामा लगानी गर्नुपर्छ । यसले गर्दा देशको आयात घट्छ र बचत वृद्धि हुन्छ । (ख) विप्रेषणको रकम युवा जनशक्तिलाई दक्ष बनाउन सिप र प्रविधिको तालिम दिन प्रयोग गर्नुपर्छ । यसबाट युवा जनशक्ति स्वरोजमारमा संलग्न हुँदा देशमा उत्पादन बढ्छ र रोजगारी बढ्छ । (ग) विप्रेषण रकमलाई कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणका लागि उपयोग गर्नुपर्छ । कृषि उत्पादन वृद्धि भए खाद्यान्नको आयात घट्छ र देश आत्मनिर्भर बन्छ । (घ) कृषि उत्पादनलाई प्रशोधन गरी निर्यात योग्य बनाई विदेशी बजारमा निर्यात गर्ने योजना निर्माण तथा कार्यान्वयनमा लगानी गर्नुपर्छ । नेपालबाट हाल चिया कफी, अलैंची, अदुवा, अंग्रेसो आदिलाई गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्द्धन गर्न सकिन्छ । (ङ) विप्रेषणको रकमलाई साना जलविद्युत् आयोजना निर्माणमा उपयोग गर्न सकिन्छ । यसबाट ऊर्जाको सहज आपूर्ति भई उद्योगहरू सहज रूपमा सञ्चालन हुन सक्छन् । यसबाट पनि रोजगार सिर्जना हुन्छ । (च) साहसिक पर्यटक तथा मनोरञ्जन केन्द्रको स्थापनामा लगानी गर्नाले पर्यटकहरू आकर्षित हुन्छन् र आय वृद्धि हुन्छ । (छ) स्वास्थ्य सेवा सुदृढीकरण, औषधि निर्माण, जडीबुटी उत्पादन वृद्धि, आदि कार्यमा पनि विप्रेषणको रकम लगानी गर्न सकिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
2.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
3.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
4.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
5.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
6.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।
7.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?
8.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
9.)निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।
10.)स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।