Search answer for your unanswered questions.

Class : 11
Unit : विप्रेषण र नेपाली अर्थतन्त्र


नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तकीहरू दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्व ठूलो छ । किनकि देशमा कृषि, उद्योग, सेवा व्यवसाय आदिले देशका युवा जनशक्तिलाई यथेष्ट रोजगारी दिन सकेको छैन । न्यून आय भएकोले अधिकांश जनताको जीवनस्तर पनि न्यून छ । हाल देशमा केही प्रतिशत परिवारको जीवनमा सकारात्मक सुधार विप्रेषणले गर्दा आएको छ। विप्रेषण रकम नभएको भए : (क) नेपालमा अधिकांश परिवारको आर्थिक स्थिति दयनीय हुन्थ्यो। (ख) देशको विदेशी मुद्राको संचिती धेरै कम हुन्थ्यो। (ग) विदेशबाट आयात गरिदै आएका अत्यावश्यक उरुत्पादन सामग्रीको अभावमा उद्योग व्यवसायको स्थिति कमजोर हुन्थ्यो। (घ) बेरोजगारी अझ बढ्थ्यो । सामाजिक विकृति बढ्ने सम्भावना हुन्थ्यो। (ङ) देशमा पूर्वाधार विकासमा बाधा पुग्थ्यो। (च) देशको राष्ट्रिय आय तथा गार्हस्थ उत्पादनमा नकारात्मक प्रभाव पर्थ्यो । (छ) देशमा उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात आदि सेवाहरूमा नकारात्मक प्रभाव पर्थ्यो । देशको आर्थिक अवस्था दयनीय हुन्थ्यो होला।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
2.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
3.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
4.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
5.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
6.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
7.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।
8.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?
9.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
10.)निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।