Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा स्वास्थ्य सेवा


नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालको संविधानको भाग ३ को धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्बन्धी हक: (क) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन । (ख) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । (ग) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । (घ) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ । नेपालको संविधानले सबै नागरिकलार्य समान रूपमा स्वास्थ्य सेवामा पहुँचको हकको व्यवस्था गरेको छ । साना ठूलो आदिको भेदभावलाई नकारेको छ । आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचको व्यवस्था गरिएको छ । सरकारले यसका लागि काम पनि गर्दैछ । नेपाल जस्तो ग्रोत र साधन कम हुने देशमा क्रमिक रूपमा स्वास्थ्य सेवामा सुधार ल्याइँदैछ । चिकित्सकहरूको सङ्ख्या बढ्दैछ । स्वास्थ्य उपकरणहरूको सङ्खया बढ्दैछ । कतिपय स्वास्थ्य सेवाका लागि विदेश जानुपर्ने अवस्था हटेको छ । कतिपय स्वास्थ्य सुविधा निःशुल्क गरिएको छ । जनताको आर्थिक तथा सामाजिक स्थितिमा पनि सुधार हुँदैछ । अझ क्रमिक रूपमा स्वास्थ्य सुविधा विस्तार हुनेमा आशा राख्न सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
2.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?
3.)मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।
4.) ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
5.)कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?
6.)खेलकुदबाट के के फाइदाहरू लिन सकिन्छ ? उल्लेख गर्नुहोस् ।
7.)मितव्ययी जीवनशैलीको परिचय दिनुहोस् । ‌
8.)तपाईंले कुन कुन पक्षमा मितव्ययितालाई व्यवहारमा अवलम्बन गर्दै आउनुभएको छ, उल्लेख गर्नुहोस् ।
9.)आर्थिक व्यवस्थापनका सहज र व्यवहारिक उपायहरूको सूची बनाउनुहोस् ।
10.)What is scientific learning?