Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालको अर्थतन्त्रका आधार र विशेषताहरु


धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा आर्थिक विकासका लागि कतिपय योजनाहरू बनेपनि चाहेको जस्तो विकास हुन सकेको छैन । यसका कारण निम्न हुन सक्छन्: (क) योजना कार्यान्वयन:- नेपालमा आर्थिक विकासका लागि योजनाहरू बन्छन् । तर सो योजनाहरूको कार्यान्वयन पक्ष कमजोर रहन्छ । कतिपय योजना बिचमै छोडिन्छन् । कति अलपत्र पर्छन् । कतिलाई पूरा गर्न वर्षा लाग्छ । (ख) उद्योग:- देशमा कतिपय उद्योगहरू सञ्चालित छन् । तर सो उद्योगहरूले सञ्चालनमा निरन्तरता पाइरहेका छैनन् । कतिपय उद्योग बन्द भइसकेका छन् । कतिपयको स्थिति राम्रो छैन । उद्योगहरूलाई सरकारी संरक्षण प्राप्त छैन । (ग) भूपरिवेष्ठित:- नेपाल भूपरिवेष्ठित मुलुक हो । यसकारण समुद्र पारीको देशहरूसँग सिधा व्यापार गर्ने सुविधा छैन । समुद्र पारीका देशहरूसँग व्यापारका लागि भारतमाथि निर्भर रहनुपर्छ । (घ) प्राकृतिक रूपमा:- देशमा उपलब्ध स्रोत र साधनको समुचित उपयोग हुन सकेको छैन । यसले गर्दा रोजगारीका अवसर सृजना हुन सकेको छैन । देशको युवा जनशक्ति विदेशी रोजगारीमा जानु परेको छ । बेरोजगारी बढी रहेको छ । (ङ) विप्रेषण:- विदेशी रोजगारीबाट प्राप्त विप्रेषणको रकम उत्पादनमूलक कार्यमा उपयोग हुन सकेकी छैन । विदेशी रोजगारीबाट प्राप्त रकम विलासी वस्तुको खरिद तथा अचल सम्पत्तिमा लगानी हने गरेकोले यसबाट आर्थिक विकासमा टेवा मिलेको छैन । (च) व्यापार घाटा:- देशले ठूलो व्यापार घाटा व्यहोरीरहेको छ । यसबाट देशको पैसा विदेशतिर गइरहेको छ । देशमा अत्यावश्यक वस्तुहरूको उत्पादनले देशको माग पूरा गर्न सकेको छैन । देशमा उत्पादित वस्तुले विदेशी वस्तुको प्रतिस्पर्धा गर्न सकेका छैनन् । यसकारण देशमा उत्पादित वस्तुले विदेशी बजार पाउन सकेका छैनन्। (छ) नीति परिवर्तन:- प्राय: कुनै पनि सरकारले आफ्नो पूरा अवधि काम गर्न सकेको छैन । सरकार फेरिएसँगै नीति परिवर्तन हुन्छ । बारम्वारको चुनावले ठूलो धनराशि खर्च गराउँछ । यसबाट आर्थिक योजना प्रभावित हुन्छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
2.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
3.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
4.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
5.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
6.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
7.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
8.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
9.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
10.)गैर कर आय भनेको के हो ?