Search answer for your unanswered questions.

Class : 11
Unit : सरकारी वित्त


देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : देश निर्माणमा सरकारी खर्च देश निर्माणमा सरकारको ठूलो भूमिका हुन्छ । सरकारले नै निजी क्षेत्र तथा सहकारी क्षेत्रलाई नियम बनाई नीति बनाई आर्थिक विकासमा सहकार्य गर्न प्रेरित गर्छ । देशमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्यूत, कृषि, उद्योग आदि विभिन्न क्षेत्रमा नीति निर्देशनका साथै निर्माणको काम गरिन्छ । देशमा आवतजावत सुगम गर्न सडक रेल, हवाई सेवा आदिको विस्तार गर्न, स्वास्थ्य संस्थाहरूको स्थापना गर्न, उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय स्थापना गर्न, पर्यटन क्षेत्रको विकासका लागि निर्माण गर्न, सञ्चार सेवा सुविधाका लागि विभिन्न माध्यमको स्थापना आदिमा सरकारले खर्च गर्छ । जनतालाई प्रत्यक्ष लाभ हुने शिक्षा, यातायात, सञ्चार, स्वास्थ्य क्षेत्र, विद्युत आदिमा लगानी सरकारले नै गर्छ । जनतालाई विभिन्न निकायको स्थापना गरी रोजगारी प्रदान गर्ने काम पनि सरकारले नै गर्छ। दक्ष जनशक्ति उत्पादन गर्न, स्वास्थ्य सुविधा पुऱ्याउने आदि विभिन्न काममा सरकारले खर्च गर्छ। कृषि कार्यका लागि अनुदान दिने, शिक्षामा गरिब तथा योग्य विद्यार्थीले पढ्न पाउन भनी छात्रवृत्ति प्रदान गर्ने, सञ्चार क्षेत्रको विकास आदिको काममा सरकारले खर्च गर्छ । सरकारी खर्चले देशको सामाजिक, आर्थिक, सांस्कृतिक विकासलाई टेवा मिल्छ । जति सरकारी खर्च देश निर्माणमा हुन्छ उति नै जनताको जीवनस्तरमा सुधार आउँछ । यसकारण देश निर्माणमा सरकारी खर्चको ठूलो महत्त्व हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
2.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
3.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
4.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
5.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
6.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?
7.)मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।
8.) ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
9.)कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?
10.)खेलकुदबाट के के फाइदाहरू लिन सकिन्छ ? उल्लेख गर्नुहोस् ।