Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या व्यवस्थापन


जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जनसङ्ख्या वृद्धि नियन्त्रण गरी जनसङ्ख्या व्यवस्थापन गर्ने अप्रत्यक्ष उपायहरू निम्न हुन्: (क) शिक्षा तथा स्वास्थ्य अवस्थामा सुधारः- शिक्षाको अवस्थामा सुधार ल्याउँदा मानिसहरू शिक्षित भई सचेतनामा वृद्धि हुन्छ । शिक्षित मानिसहरू बढी सन्तानभन्दा गुणात्मक जीवन बाँच्न चाहन्छन् । स्वास्थ्य अवस्थामा सुधार भएमा बाल शिशु मृत्युदर घट्छ । यसबाट थोरै सन्तानको चाहना बढ्ने हुनाले जनसङ्ख्या वृद्धि नियन्त्रण हुन्छ । (ख) रोजगारीको अवसर:- रोजगारीले मानिसको जीवनस्तरमा सकारात्मक सुधार ल्याउँछ । रोजगारमा संलग्न मानिसहरूलाई ठूलो परिवार हेरचाह गर्न समय मिल्दैन । रोजगारमा संलग्न मानिसले जीवनस्तर उकास्न उचित परिवार योजना बनाउँछ । यसकारण उनीहरूको सन्तान कम हुन्छ । यसरी देशमा रोजगारीको अवस्थामा सुधार आएमा जनसङ्ख्या वृद्धि दरमा नियन्त्रण हुन्छ । (ग) सहरीकरण:- सहरीकरणको विकास भएमा मानिसमा सानो परिवारप्रतिको आकर्षण बढ्छ । यस्तो : अवस्थामा मानिसहरू थोरै सन्तानको चाहना गर्छन् । यसबाट जनसङ्ख्या व्यवस्थापनमा सहज हुन्छ । (घ) सामाजिक सुरक्षा:- मानिसहरूमा बुढेसकालमा साहाराका लागि ठूलो परिवारको चाहना गर्छन् । वृद्ध अवस्थामा सन्तान भए हेरचाह गरिदिने भावना रहन्छ । तर राज्यले सामाजिक सुरक्षाको व्यवस्था भएमा ठूलो परिवारप्रतिको चाहना घटेर जान्छ । यसकारण वृद्धवृद्धाको अवस्थाका लागि उचित स्याहार, उपचार तथा अन्य सुविधा उपलब्ध भएमा भविष्यको चिन्ता घट्ने हुँदा जनसङ्ख्या वृद्धिदर कम हुन्छ किनकि मानिसलाई धेरै सन्तानको चाहना हुँदैन । (ङ) महिला सशक्तिकरण:- नेपालमा महिलाहरू राजनैतिक आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका : छन्। घरको महत्त्वपूर्ण निर्णयमा उनीहरूको सहभागिता कम हुन्छ । महिलाहरूलाई सीप वृद्धिका लागि तालिम दिने, रोजगारीको अवसर दिने, शिक्षा स्वास्थ्य आदि क्षेत्रमा अवसर दिने, राजनैतिक क्षेत्रमा पनि प्रोत्साहन दिने हो भने महिलाहरूमा सचेतना वृद्धि हुन्छ । रोजगारीमा संलग्न महिलाहरूलाई बच्चा स्याहार सुसारका लागि समयको पनि अभाव हुन्छ । यसकारण काम गर्ने महिलाहरू थोरै संन्तान चाहन्छिन् । यसरी महिला रोजगारीले पनि जनसङ्ख्या व्यवस्थापनमा सहयोग पुग्छ । (च) स्रोत र साधन:- जनसङ्ख्या वृद्धिको अनुपातमा स्रोत र साधनको आपूर्ति गरी जनसङ्ख्यालाई पुयाउन सकेमा पनि जनसङ्ख्या व्यवस्थापन गर्न सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
2.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
3.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
4.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
5.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
6.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
7.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
8.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
9.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
10.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।