Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालको अर्थतन्त्रका आधार र विशेषताहरु


नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : देशको अर्थतन्त्रको सबल पक्षः (क) जलस्रोत:- नेपालको जलस्रोतलाई, अर्थतन्त्रको सवल पक्षमा मानिन्छ । नेपालमा हिमालबाट बग्ने प्रशस्त नदीनालाहरू छन् । यी नदीहरूबाट करिब ४२००० मेगावाट आर्थिक रूपमा विद्युत् उत्पादन गर्न सकिन्छ । यति धेरै जलविद्युत उत्पादन क्षमता भएपनि हामीले १०८३ मेगावाट मात्र उत्पादन गरेका छौ । विदेशी लगानीको सुरक्षित वातावरण बनाउन सकेमा ठूला आयोजनाहरू सम्पन्न गर्न सकिन्छन् । जल विद्युत् आयोजनामा निजी क्षेत्रलाई सहकार्य गर्ने प्रेरित गर्नुपर्छ । हामीले बढी जलविद्युत छिमेकी देशमा निर्यात गर्न सकेमा ठूलो धनराशि प्राप्त गर्न सकिन्छ । देशको उद्योगका लागि पनि समुचित विद्युत आपूर्ति भइरहन्छ । तराईको उर्वर भूमिमा सिँचाइको बन्दोवस्त गर्न सकेमा कृषि उत्पादन पनि वृद्धि हुनसक्छ । यसबाट पनि परनिर्भरता घट्छ । (ख) पर्यटन:- नेपाल धार्मिक, सांस्कृतिक, ऐतिहासिक, तथा पुरातात्विक वस्तुहरूले भरिएको छ । यस्ता पुरातात्विक, धार्मिक तथा ऐतिहासिक स्थानहरूको अवलोकन गर्न विदेशी पर्यटकहरू आउने गरेका छन् । पहाडको सुन्दर प्राकृतिक दृश्य हेर्न पनि पर्यटकहरू आउँछन् । यसकारण पहाडी क्षेत्रमा पदयात्रालाई प्रोत्साहन दिने र सहज पैदल मार्गको बासस्थानको व्यवस्था मिलाउन सकेमा पर्यटकहरू वृद्धि गर्न सकिन्छ । त्यस्तै साहसिक पर्यटनका लागि पनि विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । हिन्दू तथा बौद्ध धार्मिक स्थानहरूको अवलोकनका लागि पनि तीर्थ यात्रीहरूको गन्तव्य स्थान बनाउन सकिन्छ । यसबाट रोजगारी सिर्जनाको हुनाको साथै राष्ट्रिय आयवृद्धि हुन सक्छ । (ग) मानव संसाधन:- देशमा सक्रिय जनसङ्ख्याको मात्रा ठूलो छ । यसलाई उपयोग गर्न सक्नुपर्छ । प्राविधिक शिक्षामा जोड, कृषिको आधुनिकीकरण, उद्योगको विस्तार, सेवाक्षेत्रको विस्तार, पर्यटन क्षेत्रको विकास र विस्तार गर्नुपर्छ । देशमा उपलब्ध जनशक्तिलाई शिक्षा, व्यवसायिक तालिम, पूँजी, उद्यमशीलताको विकास गरी स्वदेशमा बस्ने वातावरण सिर्जना गर्नुपर्छ । कमजोर पक्षः (क) उद्योग:- देशका अधिकांश उद्योग कृषिमा आधारित छन् । कृषि पनि निर्वाहमुखी छ । साथै देशमा उन्नत बिउ बिजन, मलखाद, सिँचाइ आदिको राम्रो व्यवस्था छैन । देशमा औद्योगिक खनिजको कमी छ । भएका खनिजहरूको उत्खनन भएको छैन । खनिज प्रयोग गर्ने उद्योगको कमी छ । देशमा पूँजीको अभाव, संरक्षण नीतिको अभाव आदिले गर्दा उद्योगका विकास कम मात्रामा भएको छ । (ख) कृषि:- कृषिको पनि हालको अवस्था राम्रो छैन । देशको अधिकांश भाग पहाडले भरिएको छ । देशको कूल भूमिको १८% मात्र कृषियोग्य छ । कृषि पनि निर्वाहमुखी छ । नेपालको अर्थतन्त्र सुदृढ गर्ने उपायहरूः (क) कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्ने, (ख) कृषिवाट निर्यातयोग्य बालीहरूको गुणस्तरीय उत्पादन तथा प्रशोधनका लागि योजना बनाई कार्यान्वयन गर्ने। निजी क्षेत्रलाई यसका लागि प्रेरित गर्ने । (ग) कृषि उत्पादन वृद्धि गरी कृषिमा आधारित उद्योगहरूलाई संरक्षण गर्दै जाने । यसबाट देशमा देशकै उत्पादन उपयोग हुन्छ र आयात घट्छ । (घ) पर्यटन उद्योगलाई विकास गर्न योजना बनाउने । देशका पुरातात्त्विक तथा ऐतिहासिक स्थलहरूको बारेमा प्रचार प्रसार गर्ने । साहसिक पर्यटन विकासका लागि कार्य योजना बनाउने । काठमाडौं उपत्यका बाहिर पनि उत्तम आवास सुविधाहरू वृद्धि गर्ने । (ङ) सडक मार्गलाई स्तरोन्नति गरी सालैमा सवारी चल्न योग्य बनाउने, मरम्मत सम्भारको व्यवस्था गर्ने। (च) जलविद्युत उत्पादनका लागि विदेशी लगानी आकर्षित गर्ने, सुरक्षित वातावरण तयार गर्ने, बढी उत्पादन निर्यात गर्न आवश्यक व्यवस्था गर्ने । (छ) प्राविधिक शिक्षा तथा व्यवसायिक सिप आदिमा दक्षता हासिल गर्न तालिम केन्द्र वा शिक्षालयको स्थापना गर्ने । (ज) निर्यात प्रवर्द्धन गर्न व्यापार विविधीकरण, बाली विविधीकरण आदिको योजना बनाई कार्यान्वयन गर्ने । (झ) घरेलु तथा साना उद्योगलाई प्रोत्साहित गरी रोजगारी सिर्जना गर्ने l
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
2.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
3.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
4.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
5.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
6.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
7.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
8.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
9.)गैर कर आय भनेको के हो ?
10.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।