Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता


‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै गाउँमा एकजना रामबहादुर साहु भन्ने व्यक्ति थिए । उसको एउटा पसल थियो। पसल राम्रोसँग चल्थ्यो पसलबाट कमाएको पैसाले खेत र जग्गा किने उनको दुईजना छोराहरू पनि थिए- हरि र रमेश। दुवैलाई राम्रै विद्यालयमा पढाएका थिए। साहुका जेठा छोरा हरिलाई पढ्न मन लाग्ने तर कान्छा छोरा रमेशलाई खेल्न मन लाग्ने रामबहादुर साहु बुढो हुँदै गए। दुवै छोरालाई अंश दिने निर्णय गरे अनि दुवै छोराहरूलाई उनीहरूले पाउने अंश वापत एउटा एउटा घर, ५/५ बिघा खेत र ५/५ लाख नगद बाँडिदिए । केही समय पछि रामबहादुर साहुले यस संसारबाट बिदा लिए। साहुका जेठा छोरो हरिले आफ्नो घरैमा पसल थापे । श्रीमतीलाई बेलाबेलामा खेत हेर्न पठाउँथे । यता कान्छा छोरा रमेशलाई भने बस किनेर चलाउने रहर चल्यो र बैङ्कबाट पैसा लिएर बस खरिद गरे। बसले राम्रो कमाइ गर्दै गयो । कमाइ बढेपछि साथीहरू पनि बढे । साँझमा साथीहरूले रमाइलो गर्न भने । साथीहरूसँग रमाइलो गर्दा बसको आम्दानी खर्च भएको पत्तै भएन । बैङ्कबाट व्याजमा बस किन्न लिएको पैसा बैङ्कलाई तिर्न सकेनन् र आफूले अंशमा पाएको खेत बेचेर सो पैसा बैङ्कलाई तिरे साथै भएको अलिअलि पैसा पनि मोजमस्तीमै सकाए । आज ऊसँग एउटा घरमात्र बाँकी रहेको छ । उता हरि कहिले पनि कुलतमा लागेन । आफ्नो पेसा व्यवसायमा दत्तचित्त भएर लागे । फलस्वरूप उनले एउटा घर पनि किने । साथै १० वर्षमा त्यस्तै ३ लाख जति पैसा बैङ्कमा जम्मा गर्न पनि सफल भए ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्राणायाम भनेको के हो?
2.) योग र ध्यानको महत्त्व बताउनुहोस् ।
3.) योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
5.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
6.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
7.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
8.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
9.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?
10.)मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।