Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता


श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : श्रम ऐन २०७४ ले रोजगारीलाई ५ वर्गमा विभाजन गरेको छ (क) नियमित रोजगारी:- लामो अवधिसम्म काम गर्न दिएको रोजगारीलाई नियमित रोजगारी भनिन्छ । यस्तो रोजगारीमा प्रायः महिना महिना वा हप्ताहप्तामा पारिश्रमिक दिइन्छ । यस्ता रोजगारी २/४ वर्षभन्दा बढीको हुन सक्छ । (ख) कार्यगत रोजगारी:- रोजगारदाताले कुनै खास काम वा सेवा किटान गरी सम्पन्न गर्न दिएको : रोजगारीलाई कार्यगत रोजगारी भनिन्छ । यस्तो रोजगारीमा काम सकिएपछि रोजगारी पनि सकिन्छ । (ग) समयगत रोजगारी:- रोजगारदाताले निश्चित समयअवधि तोकी सो अवधिसम्मका लागि रोजगारी दिएमा सोलाई समयगत रोजगारी भनिन्छ । यस्तो रोजगारीमा समय सकिएपछि रोजगारी पनि सकिन्छ । (घ) आकस्मिक रोजगारी:- रोजगारदाताले श्रमिकलाई महिनामा सात दिन वा सोभन्दा कम समयका लागि कुनै सेवा वा काम सम्पन्न गर्न दिएको रोजगारीलाई आकस्मिक रोजगारी भनिन्छ । समय सकिएपछिरोजगारी पनि सकिन्छ । (ङ) आंशिक रोजगारी:- हप्तामा ३५ घण्टा वा सोभन्दा कम समयका लागि रोजगारदाताले सेवा गर्न रोजगारी दिएमा सोलाई आंशिक रोजगारी भनिन्छ । काम वा समय सकिएपछि रोजगारी पनि स्वतः सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) योग र ध्यानको महत्त्व बताउनुहोस् ।
2.) योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
3.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
4.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
5.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
6.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
7.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
8.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?
9.)मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।
10.) ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।