Search answer for your unanswered questions.

Class : 11
Unit : सरकारी वित्त


सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विनितापुर १०/ ०३/२०७७ श्रीमान् अध्यक्ष महोदय, विनितापुर गाउँपालिका, बिनितापुर विषय: सुझावबारे । महोदय, पत्रपत्रिकामा सरकारी खर्च पारदर्शी नभएको समाचार आई रहन्छ । भ्रष्टाचार भयो, सरसामान खरिदमा अनियमितता भयो । सड़क मरम्मतको खर्चमा गडबढी गरियो भन्ने पत्रपत्रिकामा पढिन्छ । यसकारण सरकारी खर्च पारदर्शी होस् भन्ने आशयले मैले केही सुझाव दिन चाहेको छु । १. कुनै पनि सामान खरिद गर्दा खरिद आदेशका आधारमा पसलमा खरिद गरेपछि सक्कली बिजक लिने गर्नुपर्छ । सामान खरिद गर्दा सो वस्तु अन्य पसलमा के कति मूल्यमा पाइन्छ, सो पनि सोध्नुपर्छ । जहाँ गुणस्तरीय वस्तु उचित भाउमा पाइन्छ, त्यही लिनुपर्छ । २. संधै काम लाग्ने वस्तु बढी परिमाणमा खरिद गर्दा केही सस्तो पर्ने हुँदा त्यस्ता वस्तुको टेण्डर आव्हान गरी सबभन्दा कम मूल्य भएको टेण्डर सदर गर्ने । ३. मरम्मतसम्भारको काममा प्रतिष्ठित निर्माण व्यवसायीलाई काममा लगाउने । यसरी काममा लगाउँदा इन्जिनियरसँग कामअगावै अनुमानित खर्चको व्यहोरा लिने र निर्माण व्यवसायीले कबोल गरेको भाउसँग तुलना गर्ने र कबोल गरेको भाउ आफूलाई कम पर्न गयो भने सो काम दिने साथै समयमा काम पूरा नगर्ने व्यवसायीलाई दण्ड गर्ने । यस्ता प्रावधान करारपत्रमा उल्लेख गर्नुपर्ने । ४. सरकारी खर्चको विवरण दुरुस्त राख्ने । यस्ता विवरण सकेसम्म सार्वजनिक गर्ने । ५. आन्तरिक लेखापरीक्षण गराउने । गाउँसभामा यस्ता खर्चको विवरण सार्वजनिक गर्ने । ६. निर्माण कार्य गर्दा समिति बनाई कार्य थालनी गर्ने यस्ता समितिमा अनुभवी व्यक्तिलाई पनि स्थान दिने । मलाई आशा छ तपाईंले यस सुझावलाई विचार गरी जनताबाट उठेको करको रकम खर्चमा परादर्शी र न्यायोचित भएको विश्वास जनतामा पुगोस् भनी कार्य सम्पादन गर्नुहुनेछ । भवदीय लालबहादुर वडा नं. ३
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
2.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
3.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
4.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
5.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
6.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
7.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?
8.)मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।
9.) ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
10.)कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?