Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या व्यवस्थापन


जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : “जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरिन्छन् । तीमध्ये प्रत्यक्ष उपायहरू निम्न छन्: (क) परिवार नियोजनका साधनको उपयोगः- जनसङ्ख्या वृद्धि नियन्त्रण गर्न विभिन्न प्रकारका गर्भनिरोधक उपायहरू अवलम्वन गरिन्छन् । यस्ता उपायहरूमा प्राकृतिक उपायहरू तथा कृत्रिम उपायहरू हुन सक्छन् । स्थायी वा अस्थायी गर्भनिरोधक साधनहरूको प्रयोग गर्न सकिन्छ । यस्ता साधनहरूको उपयोगले जन्मान्तरलाई बढाउने वा पूर्णरूपमा जन्मलाई नियन्त्रण गर्न सकिन्छ । यसरी जनसङ्ख्या व्यवस्थापन गर्न सकिन्छ । (ख) कानुनी प्रावधान:- जनसङ्ख्या वृद्धिदर अधिक भएको अवस्थामा जनसङ्ख्या नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरी जनसङ्ख्या नियन्त्रण गर्न सकिन्छ । हाल चीनमा दुई सन्तानको नीति लिइएको छ । नेपालमा पनि हाल सरकारी काम गर्ने महिलाहरूलाई दुई सन्तानसम्म जन्माउनका लागि विदा दिने सुविधा दिइएको छ । (ग) उचित जन्मान्तर:- एउटा बच्चा जन्मेपछि अर्को बच्चा जन्माउने समय अवधि ५ वर्षको भएमा आमा र बच्चा दुवैको स्वास्थ्यका लागि लाभप्रद हुन्छ साथै सन्तानको सङ्ख्या पनि कम हुन्छ । (घ) उपयुक्त उमेरमा विवाह:- शारीरिक र आर्थिक रूपमा सबल भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ । : महिलाका लागि २० वर्ष र पुरुषका लागि २५ वर्ष उमेर पुगेपछि विवाह गर्दा प्रजनन अवधि कम हुने हुँदा जनसङ्ख्या वृद्धिदरमा कमी आउन सक्छ । यसरी उपयुक्त उमेरमा विवाह गर्दा जनसङ्ख्या नियन्त्रण गर्न मद्दत मिल्छ । (ङ) बसाइँसराइँ नियन्त्रण:- बसाइँसराइँका कारणले गन्तव्य स्थानहरूमा जनसङ्ख्या वृद्धि हुन्छ । आन्तरिक बसाइँसराई नियन्त्रण गर्न आर्थिक विकास गरेर रोजगारीको अवसर सृजना गर्नुपर्छ । आप्रवासी नीति निर्माण गरी बाह्रय बसाइँसराई नियन्त्रण गर्न सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
2.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
3.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
4.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
5.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
6.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
7.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
8.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
9.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
10.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।