Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या व्यवस्थापन


हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्ना सायालाइ चिठी लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : चैनपुर १७/३/२०७७ साथी रमेश, तिमीले पठाएको समाचार पाएँ । हाम्रो नेपालमा जनसङ्ख्या वृद्धिदर नियन्त्रण हुँदैछ । तापनि जनसङ्ख्या नियन्त्रण कार्यमा केही समस्याहरू देखिएका छन् । सोको बारेमा म केही कारणहरूको उल्लेख गर्दैछु । जनसङ्ख्या र स्रोत साधनबिचको सम्बन्धबारेमा सबभन्दा पहिले अलफ्रेड मार्सलले आफ्नो विचार प्रकट गरेका थिए । उनले भनेका थिए- देशमा उपलब्ध स्रोत र साधन तथा जनसङ्ख्याबिचको अनुपात मिल्नुपर्छ । देशको जनसङ्ख्या वृद्धि र स्रोत साधनबिचको अनुपात मिलेको छ भने देशको हितमा हुन्छ । यदि स्रोत र साधनले धान्न नसक्ने जनसङ्ख्या वृद्धि भयो भने प्रकृतिले सो जनसङ्ख्याको अनुपातलाई सन्तुलनमा ल्याउँछ । जनसङ्ख्या वृद्धि कम गर्न प्राकृतिक प्रकोप (महामारी, दैवीप्रकोप आदि) तथा युद्ध आदिका घटना घट्न सक्छन् । यसकारण जनसङ्ख्या वृद्धिलाई व्यवस्थापन गर्नुपर्छ । हाम्रो देशमा जनसङ्ख्या व्यवस्थापनका सन्दर्भमा निम्न चुनौतिहरू देखा परेका छन् ती हुन्: (क) शिक्षा:- शिक्षाले जनसङ्ख्या व्यवस्थापनमा ठूलो भूमिका निर्वाह गर्छ । शिक्षित मानिसहरू थोरै सन्तान चाहन्छन्, सन्तानलाई गुणात्मक शिक्षा दिन चाहन्छन्, अन्य सुख सुविधा उपलब्ध गराउन चाहन्छन् । हाम्रो देशमा वि.सं. २०६८ को जनगणना अनुसार साक्षरता ६५.९% छ । अहिले पनि हाम्रो देशमा अशिक्षित मानिसहरू छन् । अशिक्षित मानिसहरूलाई परिवार नियोजनको बारेमा जानकारी हुँदैन । जति सन्तान भएपनि ईश्वरको देन सम्झेर ग्रहण गर्छन् । यसबाट जनसङ्ख्या व्यवस्थापनमा समस्या हुन्छ । किनकि बढी सन्तान भएमा जनसङ्ख्यामा वृद्धि हुन्छ । (ख) चाँडै विवाह:- नेपालमा सामाजिक तथा धार्मिक कारणहरूले गर्दा आमाबाबुहरूले आफ्नो सन्तानलाई चाँडै विहे गरिदिने गर्छन् । समाजमा हालसम्म पनि छोरी अर्काको घर जाने जात हो । चाँडै जिम्मा लगाइदिन पाए परिवारको भार हलुको हुन्छ भन्ने मान्यता राख्छन् । यसकारण केटीहरूको २० वर्ष उमेर नपुग्दै विहे गरिदिन्छन् । यसबाट प्रजनन अवधि लामो हुन्छ र बढी सन्तान जन्मिन्छन् र यसबाट जनसङ्ख्या वृद्धि हुन्छ । (ग) कम जन्मान्तर:- नेपालमा जन्मान्तरको समय पनि कम छ । बिहे गरेपछि आमाबाबु चाँडै सन्तानको मुख हेर्न इच्छुक हुन्छन् । यसबाट जन्मान्तर कम हुन्छ । नेपालमा प्राय: २/३ वर्षको अन्तरमा अर्को सन्तान जन्मिन्छन् । यसबाट जनसङ्ख्या वृद्धि हुन्छ । (घ) छोराको महत्त्व:- हिन्दू धर्ममा मृत्युपछिको संस्कार गर्न छोरा चाहिन्छ भन्ने धार्मिक मान्यताले गर्दा जतिवटा छोरी भएपनि छोराको लागि सन्तान जन्माउने क्रम चलिरहन्छ । यसबाट सन्तान बढी जन्मिन्छन् र जनसङ्ख्यामा वृद्धि हुन्छ । बुढेसकालको सहाराका लागि छोरा चाहिन्छ भन्ने भावनाले पनि छोराको महत्त्व बढी हुन्छ । (ङ) उच्च शिशु मृत्युदर:- स्वास्थ्य सचेतनाको कमी, स्वास्थ्य सुविधाको कमी, कुपोषण, रोगव्याधि आदि कारणले गर्दा नेपालमा शिशुमृत्युदर बढी छ । यसकारण आमाबुबाले आफूले जन्माएका सन्तानमध्ये कुनै एउटा मात्र भएपनि बाँच्ला भन्ने विचारले धेरै सन्तान जन्माउँछन् । (च) महिला स्थिति:- जनसङ्ख्या व्यवस्थापनमा महिलाको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालमा शिक्षित तथा काम गर्ने महिलाको प्रतिशत कम छ । अधिकांश महिला घरमै बस्छन् । उनीहरूलाई परिवार नियोजन, जन्मान्तर आदिको ज्ञान हुँदैन यसकारण बढी सन्तान जन्मिन्छन् । (छ) गरिबी:- नेपालमा करिब ३०% मानिसहरू गरिबीको रेखामुनि छन् । उनीहरूमा सानो परिवार र उच्च जीवनस्तरबारेमा ज्ञानको कमी हुन्छ । किनकि यिनीहरूमा साक्षरता प्रतिशत पनि कम हुन्छ । गरिब परिवारमा सन्तानलाई कमाउने हातको रूपमा लिइन्छ । आमाबुबाले छोराछोरीलाई विद्यालय नपठाएर कमाइ गर्ने काममा लगाउँछन् । स-साना बालबालिकाहरूले गिट्टी कुटेर आयआर्जन गर्न सघाएको देखिन्छ। यस प्रवृत्तिले गर्दा बढी सन्तान जन्मिन्छन् र जनसङ्ख्यामा वृद्धि हुन्छ । (ज) बेरोजगारी:- नेपालमा बेरोजगारीको ठूलो समस्या छ । बेरोजगार व्यक्तिहरूको अधिकांश समय घरमै व्यतित हुने र कुनै काम नभएकाले गर्दा यस्ता दम्पत्तिको सन्तान बढी हुन्छ । हाम्रो देशमा जनसङ्ख्या व्यवस्थापनमा देखिएका केही चुनौतीहरूको बारेमा मैले उल्लेख गरें । हुन त हिजोआज जनसङ्ख्या नियन्त्रण गर्नेतर्फ काम हुँदैछ । मानिसहरूमा साक्षरता प्रतिशत बढ्दै छ । तापनि यस कार्यमा अझ बढी योजनाहरूको आवश्यकता छ । आजलाई यति नै अरू अर्को पत्रमा उल्लेख गर्नेनै छु । तिम्रो साथी अङ्कुर
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
2.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
3.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
4.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
5.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
6.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
7.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
8.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
9.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
10.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।