Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या व्यवस्थापन


जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू: i) शिक्षा:- जनसङ्ख्या तीव्र वृद्धि भएमा विद्यालय जाने उमेरका बालबालिकाहरूको सङ्ख्या पनि बढी हुन्छ । बढी विद्यार्थीका लागि बढी विद्यालय भवनको आवश्यकता पर्छ । बढी फर्निचरहरूको आवश्यकता पर्छ । बढी शिक्षकहरूको आवश्यकता पर्छ । बढी पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्रीको आवश्यकता पर्छ । यसका लागि ठूलो राशिको लगानी गर्नुपर्छ । विकासशील देशहरूले धेरै ठूलो लगानी गर्न सक्दैनन् र शिक्षाको प्रगति कम हुन्छ । त्यस्ता देशहरूले पूर्ण साक्षरताका लागि ठूलो परिश्रम खर्चिनु पर्छ । ii) स्वास्थ्य:- जनसङ्ख्या वृद्धिले स्वास्थ्य क्षेत्रमा पनि ठूलो प्रभाव पार्छ । धेरै मानिस भएमा अस्पतालको सङ्ख्या थप्नुपर्छ । त्यस्तै डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सङ्ख्या पनि बढाउनुपर्छ । अस्पतालमा स्वास्थ्य सम्बन्धी उपकरण थप्नुपर्छ । औषधि आदिको निर्माण बढाउनु पर्छ । यसरी स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी खर्चिनु पर्छ । यस्तो अवस्थामा सबैले स्वास्थ्य सुविधा पाउलान भन्न सकिन्न । स्वास्थ्य सुविधा सबैले सहज रूपमा नपाउन पनि सक्छन् । जनसङ्ख्या तीब्र वृद्धि भएमा स्वास्थ्य सुविधा सबैलाई पुर्याउन कठिनाई पर्छ । देशमा रोगव्याधिको प्रकोप बढ्न सक्छ । कुपोषणबाट बालबालिका ग्रसित हुन सक्छन् । शिशु मृत्युदर बढ्न सक्छ । विकासशील देशहरूलाई स्वास्थ्य सुविधा वृद्धि गर्न धौधौ पर्छ र स्वास्थ्य अवस्था कमजोर हुन्छ । iii) रोजगारी:- जनसङ्ख्या वृद्धिले रोजगारीलाई पनि प्रत्यक्ष प्रभाव पार्छ । बढी मानिस भनेको बढी रोजगारीको आवश्यकता । जनसङ्ख्या वृद्धि भएको अनुपातमा आर्थिक वृद्धि हुँदैन । देशका उद्योग व्यवसायले बढी मानिसहरूलाई रोजगार दिन सक्दैन । देशमा बेरोजगारी बढ्छ । देशका युवाहरूले वैदेशिक रोजगारीमा जानु पर्ने हुन्छ । यसरी देशबाट सक्रिय जनसङ्ख्या विदेसिन्छ । सक्रिय जनशक्तिको अभावले देशमा विकास आयोजनालाई प्रभाव पार्छ । यसले परनिर्भरतामा वृद्धि गर्छ । विदेशी संस्कृतिको प्रभाव देशमा बढ्छ । देशको श्रमशक्तिको उपयोग नहुँदा खेर जान्छ । सरकारले देशका बढ्दो जनसङ्ख्यालाई रोजगारीको व्यवस्था गर्न सक्दैन । यसबाट आर्थिक विकासको गतिमा बाधा पर्छ । बेरोजगारीले देशमा सामाजिक विकृतिहरू बढ्ने सम्भावना हुन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
2.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
3.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
4.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
5.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
6.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
7.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
8.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
9.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
10.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।