Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या व्यवस्थापन


संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : संयुक्त परिवार भन्नाले एकै घरका सबै सदस्यहरू मिलेर एउटै घरको छानामुनि रहनु हो । यसमा बाजेबज्यै, आमाबाबु, काकाकाकी, दाजुभाइ, दिदीबहिनी आदि पर्दछन् । संयुक्त परिवार वृहत परिवार पनि हुन सक्छ। यस्ता परिवारमा विहे गर्ने उमेरका वयस्कहरूको विहे भएमा सन्तान थपिंदै जान्छ । काकाकाकीका सन्तान, उनका सन्तानका सन्तान, बाबुआमाका छोराहरूको सन्तान आदिले गर्दा परिवारमा नयाँ शिशुहरूको जन्मले जनसङ्ख्या वृद्धि हुन्छ । संयुक्त परिवारमा सदस्यहरू पनि बढी हुन्छन् । यसरी नयाँ शिशुहरू जन्मिनेको पनि सङ्ख्या बढी हुन्छ । उच्च शिशुमृत्युदरले पनि जनसङ्ख्या वृद्धिदर बढाउँछ । शिशुको मृत्युदर बढी भएमा आमाबाबुलाई जन्मेका शिशुमध्ये कोही त बाँच्ला भन्ने आशा राख्छन् र यस आशाले उनीहरू बढी सन्तान जन्माउँछन् । किनकि जन्मेको शिशुमा कतिजना जीवित रहलान भन्ने थाहा हुँदैन । यसैले कोही एक दुईजना पनि जीवित रहलान् भन्ने आशाले आमाबाबुले बढी सन्तानको जन्म दिन्छन् र जनसङ्ख्या वृद्धिदर बढ्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
2.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
3.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
4.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
5.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
6.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
7.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
8.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
9.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
10.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा