Search answer for your unanswered questions.

Class : 11
Unit : बस्ती विकास


बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै पनि भूखण्डमा मानिसहरू बसोबास गरेको क्षेत्रलाई बस्ती भनिन्छ । बस्ती सानो पनि हुन सक्छ, ठूलो पनि हुन सक्छ । आदिम कालमा मानिसहरूले फिरन्ता जीवनबाट स्थायी रूपमा कस्ता ठाउँमा बस्न सुरु गरे होलान् भन्ने कुराको लिखित प्रमाण छैन । तर हाल बस्ती बसेको विश्लेषण गर्दा सुरु सुरुमा मानिसहरू नदी किनारमा बस्न थालेको देखिन्छ । मानिसहरूको अति आवश्यक वस्तु पानी र खाना सजिलैसँग पाइने स्थानहरूमा मानिसहरूले वस्ती बसाले होलान् । नदीको किनारमा उर्वर भूमि खेतीका लागि उपयुक्त हुने, नदीको पानी घरायसी प्रयोगमा ल्याउन हुने, नदीमा माछा पाइने, नदीमा जङ्गली जनावर पानी पिउन आउँदा शिकार गर्न सजिलो आदि सुविधा हेरी मानिस नदी छेउमा बसेका होलान् । नदीले जलमार्गको पनि सुविधा दिएको हुन सक्छ । सिन्धुघाटी सभ्यता, नील नदीको सभ्यता, हंवाग हो नदी सभ्यता, मेसोपोटामियाको सभ्यता आदि नदी किनारका सभ्यताका उदाहरण हुन् । यी नदीहरूको किनारमा मानिसहरूले बस्ती बसाली विकास गरेको प्रमाणित हुन्छ । त्यस्तै समुद्र किनारीभागमा व्यापारमा सुविधा हुने तथा हावापानी पनि रम्य हुने हुँदा मानिसहरूले बस्ती समुद्र किनारमा पनि बसेको पाइन्छ । समुद्र किनारमा पनि प्राचीन सभ्यता विकास भएको देखिन्छ । रोमन सभ्यता र ग्रीसको सभ्यता यसका उदाहरण हुन् । विभिन्न आधारमा ठाउँठाउँमा बस्ती विकास भएको देखिन्छ । नेपालको पहाडी भूभागमा सामाजिक, आर्थिक, धार्मिक र सुरक्षाका कारण एकत्रित बस्ती विकास भएको देखिन्छ । कृषि भूमिको व्यापक प्रयोग र अन्य सुविधाहरू प्राप्त स्थानहरूमा पनि एकत्रित बस्ती विकास भएको देखिन्छ । एकत्रित बस्तीमा विभिन्न जातजाति, विभिन्न आर्थिक क्रियाकलाप व्यवसाय, कुटिर उद्योग तथा धार्मिक स्थानहरू उपलब्ध हुन्छन् । हिजोआज पूर्वाधारहरूको विकासले बस्तीको स्वरूपमा पनि व्यापक परिवर्तन आएको छ । मानिसको जीवनमा बस्तीको ठूलो महत्त्व छ। मानिस जन्मेदेखि मृत्युसम्म बस्तीमै रहन्छ । मानिस बस्तीमै हुर्कन्छ र जीवन यापन गर्छ । मानिसलाई जीवन निर्वाह गर्ने रोजगारी चाहिन्छ । मानिसलाई विभिन्न किसिमको सहयोग चाहिन्छ, ती सबै मानिसहरूले बस्तीमा पाउँछ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, धर्म, यातायात, सञ्चार आदि सबै मानिसले बस्तीमै पाउँछ । मानिसले बस्तीमा एक्लै जीवन बिताउनु पर्दैन । जीवनका आधारभूत आवश्यकता यहीं प्राप्त हुन्छ । प्राकृतिक तथा अन्य प्रकोपबाट सुरक्षा पनि बस्तीमै पाइन्छ । जङ्गलमा एक्लै जिन्दगी मानिसले बिताउन सक्दैन । उसका भावनात्मक आवश्यकता पनि बस्तीमै पूरा हुन्छ । बस्ती बढ्दै गयो, मानवीय आवश्यकता बढ्दै गए । नयाँ नयाँ अनुसन्धान भए, आविष्कार भए। मानिसहरूको आवश्यकता पूरा हुँदै गए । अझ आवश्यकता बढ्दै छ, नयाँ नयाँ आविष्कार हुँदैछन् । यस्ता आविष्कारको उपयोग मानिसले मानवीय बस्तीमा नै रहेर गरिरहेका छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।
2.)नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्
3.) नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।
4.)‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.)के सहकारीहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् र सोअनुसार गर्न सुझाव पनि दिनुहोस् ।
6.) ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ ।’ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
7.)सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।
8.) हाल नेपालमा सार्वजनिक क्षेत्र कसरी लगानीका लागि काम गरिरहेको छ ? उल्लेख गर्नुहोस् ।
9.)आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख गर्नुहोस्।
10.)नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तकीहरू दिनुहोस् ।