Search answer for your unanswered questions.

Class : 11
Unit : सार्वजनिक, निजी तथा सहकारी क्षेत्र


हाल नेपालमा सार्वजनिक क्षेत्र कसरी लगानीका लागि काम गरिरहेको छ ? उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सार्वजनिक क्षेत्रलाई सरकारी क्षेत्र पनि भनिन्छ । सरकारसँग राष्ट्रको दुरदृष्टि, योजना स्रोत र साधन उपलब्ध हुन्छ । स्रोत र साधन परिचालन गर्नलाई संविधान, मानव संसाधन र जनताद्वारा प्रदान गरिएको शक्ति पनि हुन्छ । जनताबाट जम्मा गरेको राजस्वलाई बजेट मार्फत सरकारले खर्च गर्छ । सरकारले निजी, सहकारी, सामुदायिक र गैर सरकारी क्षेत्रमा लगानी र सहभागिताका लागि प्रेरित गर्छ । सरकारी क्षेत्रको लगानीका लागि तीन तहका सरकारहरू रहेका छन्: (क) सङ्घ:- केन्द्रीय सरकारलाई संघीय सरकार पनि भनिन्छ । केन्द्रीय सरकारले प्रदेश तथा स्थानीय तहसँग सहकार्य, समन्वय र साझेदारी गरी आर्थिक विकासका योजना कार्यान्वयन गर्छ । सङ्घले विश्वविद्यालय, अस्पताल, लोकमार्ग, विद्युत्, सञ्चार आदि क्षेत्रमा लगानी गर्छ। सार्वजनिक संस्थानमार्फत् बजारमा वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्छ। (ख) प्रदेश:- नेपालमा हाल सात वटा प्रदेश छन् । प्रदेश सरकारले राष्ट्रिय सोच, लक्ष्य, उद्देश्य र रणनीति अनुरूप संघसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्छ । प्रदेश स्तरीय आर्थिक सामाजिक विकासका लागि निजी, गैर सरकारी, सहकारी र सामुदायिकसँग सहकार्य, समन्वय र साझेदारी गर्छ। प्रदेश तहले सडक, खानेपानी, सिँचाइ, उच्च शिक्षा लगायतका मध्यमस्तरका विकासका लागि लगानी गर्छ । (ग) स्थानीय तह:- नेपालमा हाल ७५३ वटा स्थानीय तह छन्। नागरिकलाई आधारभूत तहको सेवा प्रदान गर्ने कार्यमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ । जनतालाई प्रत्यक्ष अनुभूति दिलाउन शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सरसफाई लगायतका सेवा सुविधा प्रदान गर्ने यस तहको भूमिका अहम् हुन्छ । स्थानीय तहले विद्यालय व्यवस्थापन, स्वास्थ्य चौकी, कृषि, पशुपालन, पूर्वाधार निर्माण जस्ता क्षेत्रमा लगानी गर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
2.)गैर कर आय भनेको के हो ?
3.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
4.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
5.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
6.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
7.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
8.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
9.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।
10.) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?