Search answer for your unanswered questions.

Class : 11
Unit : बस्ती विकास


“बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : बस्तीको प्रकृति नियमित रूपमा परिवर्तन हुँदै जान्छ । वस्तीको प्रकृति परिवर्तन हुँदा वस्तीको आकार र प्रकारमा पनि परिवर्तन हुन्छ । सुरुमा थोरै परिवारहरू मिलेर बनेको वस्ती कालान्तरमा वस्तीमा जनसङ्ख्या वृद्धि भई घरहरू थपिँदै जान्छन् । आर्थिक क्रियाकलाप पनि बढ्छ । किनकि जनसङ्ख्या बढेपछि उनीहरूले जीवन निर्वाहका लागि कुनै न कुनै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्छ । जुनसुकै पनि व्यवसाय वा पेशा अङ्गाली आफ्नो र परिवारको गुजारा गर्नुपर्छ । बाँच्नका लागि मानिसलाई खान र बास बाहेक अन्य आवश्यकताहरूको जरुरत पर्छ । मानिसलाई जीउ ढाक्न लुगा चाहिन्छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको आवश्यकता पर्छ । साबुन, तेल, इन्धन, लुगा, मनोरञ्जन आदिको आवश्यकता पर्छ । दैनिक आवश्यकता परिपूर्तिका लागि पसल खुल्छन् । पायक परेका ठाउँमा अन्य सामान उत्पादनका लागि उद्योग खुल्छ । आवत जावतका लागि बाटो खोलिन्छन् । त्यस्तै बिरामीबाट जोगिन औषधि उपचार चाहिन्छ । पढ्न लेख्नका लागि शिक्षाको जरुरत पर्छ । यसरी विभिन्न सामाजिक सेवाको आवश्यकता पर्छ । मानिसलाई सुरक्षाको आवश्यकता पर्छ । सुविधा थपिँदै जान्छ । बस्ती बढ्दै जान्छ । बस्ती बढ्दै जाँदा अझ सुविधाको आवश्यकता पर्छ । अझ सुविधाहरू थपिने काम गरिन्छ । विभिन्न सामाजिक सेवाहरूका पनि विस्तार हुँदै जान्छ । बस्ती बढ्दै जाँदा विभिन्न गतिविधिहरू बढ्दै जान्छ । उद्योग बढ्छ, व्यापार बढ्छ । व्यवसाय बढ्छ । यसरी मानिसको बस्तीमा खानेपानी, इन्धन, खाना, स्वास्थ्य, शिक्षा, सुरक्षा, यातायात, सञ्चार जस्ता सामाजिक सेवाहरूको आवश्यकता पर्छ । अनि सामाजिक सेवाहरूको परिपूर्तिका लागि कार्य अघि बढ्छ । बस्तीको प्रकृति र आकार अनुसार सामाजिक सेवाको आवश्यकता र उपलब्धता फरक फरक हुन्छ । ठूला ठूला फर्ममा कृषि कार्य नियमित रूपमा सञ्चालन गर्न कामदारहरू बस्न त्यही आवास सुविधा उपलब्ध गराइन्छ । त्यी खानेपानी, खाना, विद्युत् सञ्चार आदि सेवा उपलब्ध गराइन्छ । यस्ता वस्तीलाई एकाकी बस्ती भनिन्छ । यहाँ थोरै कामदारहरू रहने भएकाले सामाजिक सेवाको आवश्यकता पनि कम हुन्छ । यसको उपलब्धता पनि कम हुन्छ । यस्ता एकाङ्की वस्तीहरू टाढा टाढा रहने हुनाले सुरक्षाको आवश्यकता बढी हुन्छ । यसरी वस्ती ठूला भएमा बढी सामाजिक सेवाको आवश्यकता पर्छ । सानो वस्ती भएमा मानिसहरूको सङ्ख्या पनि थोरै भएकाले तुलनात्मक रूपमा सामाजिक सेवाको आवश्यकता पनि कम हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।
2.)नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।
3.)नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्
4.) नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।
5.)‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.)के सहकारीहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् र सोअनुसार गर्न सुझाव पनि दिनुहोस् ।
7.) ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ ।’ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
8.)सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।
9.) हाल नेपालमा सार्वजनिक क्षेत्र कसरी लगानीका लागि काम गरिरहेको छ ? उल्लेख गर्नुहोस् ।
10.)आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख गर्नुहोस्।