Search answer for your unanswered questions.

Class : 11
Unit : सार्वजनिक, निजी तथा सहकारी क्षेत्र


के सहकारीहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् र सोअनुसार गर्न सुझाव पनि दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा हाल प्रशस्त सहकारी संस्थाहरू कार्यरत छन् । ग्रामीण समुदायमा पनि सहकारी संस्थाहरू चलेको सुनिन्छ । महिलाहरूले पनि सहकारी चलाएको देखिन्छ । हाल नेपालमा चलेका सहकारी संस्थाहरूमा बढी संस्थाहरू सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुरूप नै चलेको पाइन्छ । कतै कतै गाउँघर तथा सहरबजारमा पनि सहकारी संस्थाहरू, सहकारीको मूल्य मान्यता विरुद्ध चलेको सुनिएको छ । पत्रपत्रिकामा सहकारीको पैसा लिएर निर्देशक भागेको समाचार पनि पढिन्छ । कतिपय त पक्राउ पनि परेको समाचार पत्रिकामा आउँछ । सहकारीले न्यून आय भएको वर्गलाई जीवनस्तर सुधार्न सेवा प्रदान गर्नुपर्ने हो । समाजमा छरिएर रहेको ससाना बचतलाई एकत्रित गरी स्वरोजगार प्रवर्द्धन गरी रोजगारीको सिर्जना गर्नमा अहम् भूमिका खेल्नुपर्ने हो । सहकारीले सहकारीको मूल्य र मान्यता अनुरूप काम गरी देशको आर्थिक विकासमा सहयोग पुगोस् भन्ने आशयले केही सुझावहरू प्रस्तुत गरिएको छ- i) ग्रामीण वा सहरी समुदायको स-साना बचतलाई जम्मा गरी जनतालाई बचत गर्ने प्रवृत्तिलाई अभिप्रेरित गर्ने। ii) निम्न आय भएका समुदायका परिवारका व्यक्तिलाई सहकारीका सदस्यहरूको जमानीमा ऋण प्रवाह गरी स्वरोजगार गर्न प्रोत्साहन गर्ने । iii) ऋण प्रवाह गर्दा ऋण नडुवोस भन्नाका लागि जमानीमा बस्नेले ऋणीले नतिरेमा उनीहरूबाट भरपाई गरिने भनी लिखित कागज बनाउनु पर्छ । यसबाट ऋणीलाई ऋण तिर्न र काम गर्न जमानीकर्ताहरू दवाव दिइरहन्छन् । iv) सहकारी संस्थाले भरसक अचल सम्पत्तिमा लगानी गर्नु हुँदैन । किनकि अचल सम्पत्तिमा प्रवाह भएको पूँजी अर्को लगानीमा प्रयोग गर्न पाइँदैन । यसबाट बढी मानिसलाई ऋण लिएर कम गर्न बाधा पुग्छ । v) सहकारीले विना धितो ठूलो रकम ऋणमा प्रवाह गर्नु हुँदैन । खराब ऋणले सहकारीलाई घाटा पुर्याउँछ । vi) सहकारी संस्थामा एउटा निर्देशकलाई सर्वोपरि अधिकार दिई काम गर्न दिइनु हुँदैन । यसबाट संस्थामा एकलौटीपन बढ्छ र संस्थामा अरूको सकृयता घट्छ । vii) सबै सदस्यहरू सक्रिय भइरहेका संस्था जागृत रहन्छ, प्रतिष्ठा बढ्छ र यसले गुणात्मक सेवा प्रदान गर्न सक्छ। viii) ग्रामीण समुदायमा सेवा प्रदान गर्ने सहकारीले ग्रामीण समुदायलाई दैनिक उपभोगका वस्तु बिक्री गर्ने गर्नु पर्छ । यसबाट ग्रामीण समुदायले उचित मूल्यमा सामान प्राप्त हुन्छ । कालाबजारियाबाट उनीहरू जोगिन्छन् । साथै ग्रामीण उत्पादनलाई सहरबजारसम्म पुर्याई बिक्री गर्नमा वा सहर बजारका व्यापारीलाई सहज रूपमा उत्पादन बिक्री गर्ने प्रबन्ध गरेमा ग्रामीण समुदायलाई सहयोग पुग्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
2.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
3.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
4.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
5.)गैर कर आय भनेको के हो ?
6.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
7.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
8.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
9.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
10.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।