Search answer for your unanswered questions.

Class : 11
Unit : सार्वजनिक, निजी तथा सहकारी क्षेत्र


‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ ।’ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : देशको आर्थिक प्रगति एउटै क्षेत्रले गर्न सक्दैन । यसमा निजी, सहकारी तथा सार्वजनिक क्षेत्रको साझेदारी आवश्यक हुन्छ । अधिकांश प्रजातान्त्रिक मुलुकहरूले गआर्थिक विकासका लागि मिश्रित आर्थिक प्रणाली अङ्गालेका छन् । यस्तो आर्थिक प्रणालीमा निजी, सार्वजनिक तथा सहकागरीले काम गर्न पाउँछन् । सार्वजनिक क्षेत्र सरकारी क्षेत्र हो । सरकारले सबै क्षेत्रमा लगानी गर्न सक्दैन । किनकि सरकारले लगानीका लागि जनताबाट कर उठाउनुपर्छ । करको बोझ बढी भएमा कर उठाउन सकिँदैन । देशको आर्थिक स्थिति खराब हुन्छ । यसकारण ठूला ठूला अति महत्त्वपूर्ण र राष्ट्रिय गौरवका आयोजना सरकारले पूरा गर्छ । सरकारले अति आवश्यक प्रतिरक्षाका सामान, यातायात, शिक्षा, स्वास्थ्य, विद्यूत, सञ्चार आदि क्षेत्रमा सरकारले लगानी गर्छ। राज्यले यस्तो सेवा नाफा नलिई प्रदान गर्छ । सार्वजनिक क्षेत्रको उद्देश्य जनतालाई आवश्यक सेवा प्रदान गरी जीवनस्तरमा सुधार ल्याउनु हो । देशका जनतालाई अन्य दैनिक उपभोग्य वस्तुहरूको आवश्यकता पर्छ । यस्ता क्षेत्रमा सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सृजना गर्छ र लगानी गर्न उत्प्रेरित गर्छ । निजी क्षेत्रले पनि देशकै स्रोत र साधन उपयोग गरी आवश्यक वस्तु र सेवाको उत्पादन गर्छ र जनतालाई सहज उपलब्ध गराउँछ । निजी क्षेत्रको उद्देश्य सेवा प्रदान गरी नाफा कमाउनु पनि हो । तर सरकारले नियम बनाई अनुचित नाफा लिनबाट निजी क्षेत्रलाई रोक्छ । देशमा जति निजी उद्यम बढ्यो, त्यति नै सरकारले बढी राजस्व प्राप्त गर्छ । बढी राजस्व प्राप्त गरेमा सरकारले जनतालाई बढी सेवा प्रदान गर्न सक्छ । सरकारले समुदायका मानिसहरूलाई आय आर्जनका साथै समुदायलाई सेवा दिने उद्देश्यले सहकारी संस्था खोल्न इजाजत दिन्छ । यस्ता सहकारीले सानो बचतलाई सङ्कलन गरी स्वरोजगार प्रवर्धन गरी आर्थिक प्रगतिमा मद्दत दिन्छ । बढी भन्दा बढी मानिसहरू रोजगारीमा लागेमा देशमा सामाजिक विकृति पनि घट्छ साथै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन पनि आउँछ । यसैले देशको आर्थिक उन्नतिका लागि निजी सहकारी तथा सार्वजनिक क्षेत्रको साझोदारी आवश्यक पर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
2.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
3.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
4.)गैर कर आय भनेको के हो ?
5.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
6.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
7.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
8.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
9.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
10.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।