Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालको अर्थतन्त्रका आधार र विशेषताहरु


नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विश्वका कतिपय हामी जस्ता मुलुकहरू विकासतिर लम्किरहेका छन् । हामीले आर्थिक विकासका लागि सोच्नुपर्छ । नेपालको अर्थतन्त्रका विशेषताहरू निम्नलिखित रहेका छन्: (क) निर्वाहमुखी कृषि:- देशको ठूलो जनसङ्ख्या कृषि र पशुपालनमा निर्भर छ। तर परम्परागत सोच र निर्वाहमुखी कृषि प्रणाली भएकोले कृषि उत्पादन कम छ । (ख) औद्योगिककरण:- नेपालमा उद्योगहरूको विकास सुस्त गतिमा छ । धेरैजसो उद्योग कृषिमा आधारित छन् । (ग) न्यून आय र जीवनस्तर:- बेरोजगार र आंशिक रोजगारको कारण मानिसहरूको आय कम भएकोले निम्न जीवनस्तर रहेको छ । (घ) पूँजी र स्रोतसाधनको अभाव:- पूँजीको अभावले लगानी वृद्धि हुन सकेको छैन । कतिपय युवा जनशक्तिहरू रोजगारीको सिलसिलामा विदेश गएका छन्। खनिज, जलसोत, माटो, खनिज, सौर्य ऊर्जा आदिको उपयोग कम भएको छ । (ङ) आयातमुखी अर्थतन्त्र:- निर्यातभन्दा आयात बढी भएकोले व्यापारघाटा वृद्धि हुँदै गएको छ । परनिर्भरता बढेको छ । (च) आयमा असमानता:- नेपालमा २१% जनता गरिबीको रेखामुखी छन् । सीमित मानिसहरू मात्र धेरै आयआर्जन गर्नेमा पर्दछन् । आयमा धेरै असमानता देखिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
2.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
3.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
4.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
5.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
6.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
7.)गैर कर आय भनेको के हो ?
8.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
9.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
10.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।