Search answer for your unanswered questions.

Class : 11
Unit : बस्ती विकास


“मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानव वस्तीको पर्यावरणसँग गहिरो सम्बन्ध रहेको हुन्छ । मानिसहरूको जीवनशैलीलाई पर्यावरणले प्रभाव पारेको छ । मानिसहरूको घर पनि त्यहाँको हावापानी र उपलब्ध स्रोत र साधनमा भर पर्छ । पर्यावरणमैत्री नभए मानिसलाई बाँच्न कठिन पर्छ । मानव बस्तीको विकासको इतिहास धेरै पुरानो छ। प्राचीन समयमा पानी र यातायातको सुविधा भएका ठाउँमा मानिसहरूले बस्ती बसाले । त्यहाँ उपलब्ध स्रोत र साधनको उपयोग गरे । मिश्रमा नील नदीको किनारमा, मेसोपोटामियामा युफ्रीटीस र टिग्रीस नदीको बिचमा, पाकिस्तानमा सिन्धु नदीको किनारमा, पानीको स्रोत छेउछाउको पर्यावरणीय अवस्थाले प्राचीन बस्तीको विकासमा सहयोग पुर्याएको देखिन्छ । चिसो हावापानी भएको ध्रुवीय क्षेत्रमा हिउँबाट निर्माण भएका घरहरू ‘इग्लु’ मा मानिसहरू बसोबास गरेको पाइन्छ । मरुस्थलीय क्षेत्रको मरुधानमा पानीको स्रोतको वरिपरि वृत्ताकार बस्ती विकास भएको देखिन्छ । धेरै हावा चल्ने ठाउँमा होचा घरहरू बनेको पाइन्छ । नेपाल हिमाल, पहाड र तराई गरी तीन पर्यावरणीय क्षेत्रमा विभाजित छ । यी क्षेत्रहरूमा पनि पर्यावरण अनुसार नै घरहरू बनेको पाइन्छ । तराई क्षेत्रका पुराना वस्तीहरूमा काठ वा माटो वा बाँसले बनेको होचा घरहरू पाइन्छन्। जङ्गली जनावरहरूबाट बँच्नका लागि यहाँ एकीकृत वस्तीहरू बनेका छन् । पहाडी क्षेत्रमा होचो अग्लो धरातल, कम उर्वरा जग्गा, काठ र ढुङ्गाहरू उपलब्ध हुने हुँदा यहाँ काठ र ढुङ्गाबाट घरहरू बनाइन्छन्। तराईमा गर्मी हुने हुनाले यहाँ ठूला झ्यालहरू भएको घर बनाइन्छ । हिमाली क्षेत्रमा चिसो हुने हुनाले यहाँ उपलब्ध ढुङ्गा र काठबाट होचा घरहरू बनाइन्छ । यहाँ चिसो हावाबाट जोगिन सानो झ्यालहरू बनेका हुन्छन् । पहाडी क्षेत्रमा होचा अग्ला ठाउँहरूले गर्दा बस्तीहरू छरिएर रहेका हुन्छन् । वर्षा धेरै हुने ठाउँमा भुइँबाट केही अग्लो र भिरालो छानु भएको घरहरू बनेका हुन्छन् । पहाडी भेकमा यातायात र कृषि कमजोर भएकोले पातलो बस्ती पाइन्छ । वर्षा याममा पहाडी क्षेत्रमा पैरोले धनसम्पत्ति तथा मानवीय क्षति बेहोर्नुपर्छ । मैदानी भागमा कृषि र यातायातको पनि सुविधा भएकोले यहाँ बाक्लो बस्ती पाइन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्
2.) नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।
3.)‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.)के सहकारीहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् र सोअनुसार गर्न सुझाव पनि दिनुहोस् ।
5.) ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ ।’ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
6.)सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।
7.) हाल नेपालमा सार्वजनिक क्षेत्र कसरी लगानीका लागि काम गरिरहेको छ ? उल्लेख गर्नुहोस् ।
8.)आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख गर्नुहोस्।
9.)नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तकीहरू दिनुहोस् ।
10.)विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग कसरी गर्न सकिन्छ, बँदागत रूपमा सुझाव दिनुहोस् ।