Search answer for your unanswered questions.

Class : 11
Unit : सार्वजनिक, निजी तथा सहकारी क्षेत्र


‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आर्थिक विकासका लागि सार्वजनिक, निजी तथा सहकारी तीनै क्षेत्रको आवश्यकता पर्छ । नेपालले पनि यही तीन खम्बे नीति अङ्गालेको छ । देशका लागि आवश्यक सेवा र वस्तु तथा मानिसका लागि आवश्यक सेवा र वस्तु केहीमा समानता भएपनि केहीमा असमानता पनि हुन्छ । देशलाई प्रतिरक्षाको सामान चाहिन्छ । जनतालाई यसको आवश्यकता पर्दैन । प्रजातान्त्रिक मुलुकमा आर्थिक विकास गरी जनताको सामाजिक एवम् सांस्कृतिक रूपान्तरण गर्ने पनि लक्ष्य रहेको हुन्छ । सरकारले आफ्नो नागरिकलाई सकेसम्म सेवा प्रदान गरी जीवनस्तर उकास्ने प्रयास गर्छ । जति जति आय बढ्दै गयो । त्यति नै मानिसको जीवनस्तरमा सुधार आउँछ । मानिसको सोचमा सकारात्मक परिवर्तन आउँछ । यसकारण राज्यले सकेसम्म आर्थिक विकासका लागि योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्छ । सरकारले यस्ता योजना कार्यान्वयन गर्न जनता माथि कर लगाई राजस्व सङ्कलन गर्छ । सरकारले कर लगाउँदा जनताको आर्थिक स्थिति तथा कर आउने स्रोतहरू बारेमा सोच्नुपर्छ । जथाभावी कर लगाएर कर उठाउन सकिँदैन । कर तिर्न नसक्ने स्थिति भएमा सरकारी नीतिको विरोध हुन सक्छ । यसकारण सरकारले सबै आवश्यक वस्तु र सेवाको क्षेत्रमा लगानी गर्न सक्दैन । अति आवश्यक तर लगानी बढी चाहिने भए सरकारले यस्ता आयोजना पूरा गर्न योजना तर्जुमा गर्छ । त्यस्ता ठूला आयोजनालाई क्रमैसँग समय लगाएर पूरा गरिन्छ । हाल हाम्रो देशमा शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार, यातायात आदि क्षेत्रमा सार्वजनिक लगानी देखिएको छ । सरकारले सबै आवश्यक वस्तु र सेवाको उत्पादनमा लगानी गर्न सक्दैन । यस्ता क्षेत्रहरूमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरिन्छ । कतिपय उद्यमीलाई आफ्नो उद्यम सञ्चालन गरी नाफा पनि कमाउने, प्रतिष्ठा पनि कमाउने इच्छा हुन्छ । त्यस्ता उद्यमीहरूले जनतालाई आवश्यक वस्तु र सेवाको उत्पादनमा लगानी गर्छन् । यस्ता लगानीले युवा जनशक्तिले रोजगार पाउँछ । आयात घट्छ । देशमा बचत बढ्छ । रोजगारी गर्नेहरूको जीवनस्तरमा सुधार आउँछ । यसले आर्थिक प्रगतिलाई टेवा दिन्छ । सिमेन्ट उद्योग, औषधि, उद्योग, जुत्ता, भाडाकुँडा, इंट टायल, परिवहन आदि क्षेत्रमा हाम्रो देशमा निजी क्षेत्रले काम गरेको देख्दैछौं । व्यापार व्यवसायमा पनि निजी क्षेत्रले रोजगारी दिएर आर्थिक विकासमा सघाएको छ । निजी र सार्वजनिक लगानी नपुगेको ठाउँमा सहकारीले पनि सहयोग गर्न सक्छ । ससाना बचतलाई एकत्रित गरी देशमा पूँजी निर्माणमा सहकारीले ठूलो भूमिका खेल्न सक्छ। निम्न आय भएकालाई आर्थिक प्रगति गर्न आर्थिक सहयोगको रूपमा ऋण प्रवाह गरी स्वरोजगार गर्न सघाउँछ । समुदायका मानिसहरू मिली सरकारी ऐन अन्तर्गत रही सहकारी संस्था स्थापना गर्न सक्छन् । यस्ता सहकारीले ग्रामीण समुदायमा कृषिलाई आवश्यक वस्तु, खाद्यान्न, दैनिक उपभोगका वस्तु आदि उपलब्ध गराउन सक्छ । साथै ग्रामीण समुदायका मानिसलाई बचत गर्ने प्रवृत्तितिर प्रेरित गर्न सक्छ । बचत गर्ने प्रवृत्तिले मितव्ययिता बढ्छ । विलासिता वस्तुमा खर्च घट्छ । मानिसहरूको आर्थिक स्थितिमा सुधार आउँछ । यसकारण देशमा आर्थिक उन्नतिका लागि सार्वजनिक निजी तथा सहकारी क्षेत्रले एकअर्कालाई सहयोग गरी आर्थिक विकासमा टेवा पुर्याउँछन् । सरकारले बाटो बनाउँछ । निजी क्षेत्रले यातायातको साधन ल्याउँछ र आवागमन सहज बनाउँछ । सहकारीले किसानलाई कृषिलाई आवश्यक वस्तु उपलब्ध गराउँछ तथा कृषि उत्पादन बजारसम्म पुर्याउन सहयोग गर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
2.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
3.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
4.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
5.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
6.)गैर कर आय भनेको के हो ?
7.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
8.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
9.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
10.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।