Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालको अर्थतन्त्रका आधार र विशेषताहरु


नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा विभिन्न प्रकारको हावापानी, वनस्पति र धारातलीय स्वरूप पाइन्छ । यहाँ सालैभर विभिन्न प्रकारका बालीनालीहरू उत्पादन हुन्छ । पर्यटनको पनि यहाँ ठूलो सम्भावना छ । नेपालको अर्थतन्त्रका केही प्रमुख आधारहरू यी हुन् : (क) कृषि:- नेपाल कृषि प्रधान देश हो । कृषिबाट खाद्यान्न आपूर्ति हुन्छ । कृषिले उद्योगलाई कोरा माल दिन्छ । कृषिले रोजगारी दिएको छ । नेपालको ग्रार्हस्थ उत्पादनको २७.६% योगदान कृषिबाट नै भएको छ । तर कृषि निर्वाहमुखी छ । हाल कृषिलाई आधुनिकीकरण गर्ने क्रम बढेको छ । कृषिलाई व्यवसायीकरण गरी, उन्नत मलबिउको प्रयोग, आधुनिक कृषि उपकरणको उपयोग गरी कृषि कार्यलाई उचित प्रोत्साहन दिएमा कृषिमा आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । (ख) उद्योग:- नेपालका उद्योगको विशेष विकास नभए पनि यस्को स्थान महत्त्वपूर्ण छ । उद्योगले दैनिक आवश्यकता पूरा गरेको छ । मझौला तथा ठूला उद्योगहरूको स्थापनाको क्रम बढ्दो छ । उद्योगले कैयौ युवालाई रोजगार दिएको छ। औद्योगिक उत्पादन बढाई औद्योगिक उत्पादन निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । हाल ऊर्जामूलक उद्योग, सिमेन्ट उद्योग र निर्माण उद्योगतर्फ लगानी बढेको देखिन्छ । (ग) पर्यटन:- नेपालमा विविध प्रकारको हावापानी, प्राकृतिक सुन्दरता, साहसिक पर्यटन, धार्मिक स्थान, ऐतिहासिक तथा पुरातात्विक स्थानहरू प्रशस्त भएकाले पर्यटन उद्योगको विकासको सम्भावना बढी छ । नेपालमा वार्षिक २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको छ । हाल पर्यटनले पनि सैकडौं युवालाई रोजगार दिएको छ । यहाँका पुरातात्विक महत्त्वका स्थानहरू, कलाकृति, सांस्कृतिक विविधता तथा प्राकृतिक सुन्दरताको विदेशमा प्रचारप्रसार गर्न सके पर्यटन उद्योगको विकासमा टेवा पुग्ला । (घ) जलस्रोत:- नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार जलस्रोत हो । नेपालमा हिमालबाट बगेर आउने नदीहरू धेरै छन् । यी नदीहरूबाट करिब ४२००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । हालसम्म करिब १०८३ मेगावाट मात्र विद्युत् उत्पादन गरिएको छ । नेपालमा जलविद्युतको उत्पादन गर्न सके छिमेकी मुलुकहरूमा निर्यात गरी आय आर्जन गर्न सकिन्छ । नेपालका नदीहरूको पानी तराईका उर्वरभूमि सिंचाइ गरी खाद्यबाली तथा नगदे बालीको उत्पादन बढाउन सकिन्छ । (ङ) मानव संसाधन:- देशको संसाधनको उपयोग मानव संसाधनबाट हुन्छ । नेपालका सक्रिय जनसङ्ख्या बढी भएकोले यसको समुचित उपयोग गर्न सके देशको विकास छिट्टै हुन सक्छ । देशले उपलब्ध • मानव संसाधनको सदुपयोग गर्न राज्यले स्वदेशभित्र नै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । यसका लागि प्राविधिक शिक्षामा जोड़, कृषिको आधुनिकीकरण, उद्योगको विस्तार, सेवा क्षेत्रको विस्तार तथा पर्यटनको विस्तार गर्नुपर्छ । देशमा उपलब्ध जनशक्तिलाई शिक्षा, व्यवसायिक सिप, पूँजी र उद्यमशीलताको माध्यमबाट देशमै सक्रिय बनाउने वातावरण बनाउनुपर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
2.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
3.)‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पा
4.)श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
5.)सरकारी खर्चको उपयोग पारदर्शी र न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस् ।
6.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
7.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
8.)गैर कर आय भनेको के हो ?
9.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
10.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।