Search answer for your unanswered questions.

Class : 11
Unit : मानव बस्ती


ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : ग्रामीण र सहरी वस्तीबिच भिन्नता: क) ग्रामीण वस्तीमा कम जनसङ्ख्या हुन्छ । सहरी वस्तीमा बढी जनसङ्ख्या हुन्छ । ख) ग्रामीण वस्तीका अधिकांश मानिस कृषिमा आधारित हुन्छन् । सहरी वस्तीका अधिकांश मानिस गैर कृषि कार्यमा संलग्न हुन्छन् । ग) ग्रामीण वस्ती बढी मात्रामा कुटिर उद्योग चल्छ । सहरी वस्तीमा कुटिर, मध्यम तथा ठूला उद्योगहरू चलेका हुन्छन्। घ) ग्रामीण वस्तीमा यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत आदिको विकास कम मात्रामा भएको हुन्छ। सहरीक्षेत्रमा यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार र विद्युत आदिको विकास बढी भएको हुन्छ । ङ) ग्रामीण वस्तीमा प्रदूषण कम हुन्छ । सहरी वस्तीमा प्रदूषण बढी हुन्छ । च) ग्रामीण वस्तीमा फोहोरमैला व्यवस्थापनको समस्या ठूलो हुँदैन । सहरी वस्तीमा फोहोरमैला व्यवस्थापनको समस्या ठूलो हुन्छ। छ) ग्रामीण वस्तीभन्दा सहरी वस्तीमा सेवासुविधा बढी उपलब्ध हुन्छ । ज) ग्रामीण वस्तीमा विलासिताका सामानको प्रयोग कम हुन्छ । सहरबजारमा विलासिताका सामान बढी प्रयोग हुन्छ । झ) सहरी वस्तीका मानिसहरूभन्दा ग्रामीण वस्तीका मानिसहरू आफ्ना धर्म र संस्कृतिप्रति बडी आस्थावान हुन्छन् । ञ) सहरी वस्ती भन्दा ग्रामीण वस्तीमा प्राकृतिक वातावरण बढी उपलब्ध हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।
2.)जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।
3.)संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।
4.) जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।
5.)हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्ना सायालाइ चिठी लेख्नुहोस् ।
6.)जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।
7.)जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् ।
8.)धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।
9.)नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।
10.)नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्