Search answer for your unanswered questions.

Class : 11
Unit : मानव बस्ती


जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जनसङ्ख्याको आधारमा मात्रै वस्तीलाई वर्गीकरण गर्नु उचित हुँदैन । वस्ती बस्नका लागि भौगोलिक बनोट, हावापानी, रोजगारी, सुरक्षा, यातायात, उद्योग, स्वास्थ्य सेवा, सञ्चार आदि अन्य पूर्वाधारहरूले पनि प्रभाव पार्छ । हिमाली क्षेत्रमा मानिसको बसोबास कम मात्रामा हुन्छ । त्यहाँ यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य आदि कुराहरू उपलब्ध हुँदैनन् । हावापानी चिसो हुन्छ । यसकारण यस्ता ठाउँमा सहरबजारमा पातलो वस्ती पाइन्छ। जुम्ला, हुम्ला, जिरी आदि ठाउँमा जनसङ्ख्या कम हुन्छ । कठिन भूवनोटका कारण यस्ता ठाउँमा मानिसको बसोबास कम हुन्छ । आइसल्याण्डमा ठूलो जनसङ्ख्या भएको वस्तीको कल्पना गर्न सकिदैन । दुई देशको सीमानामा यातायात, सञ्चार आदिको विकास भएपनि सुरक्षाको समस्या हुने हुनाले यहाँ वस्ती पातलो हुन्छ । मैदानी भागमा यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत आदिको विकास भएकोले यहाँको वस्तीमा बाक्लो जनसङ्ख्या पाइन्छ । समुद्री किनारी भागमा हावापानी रम्य हुने, व्यापार व्यवसाय, पर्यटन, यातायात आदिको विकास बढी हुने हुनाले यहाँ बाक्लो वस्ती पाइन्छ । पहाडी क्षेत्रमा ग्रामीण वस्ती भन्दा मैदानी भागका ग्रामीण वस्तीमा बढी मानिसहरूको बसोबास हुन्छ । काठमाडौँ उपत्यकामा स्वास्थ्य, शिक्षा, यातायात, रोजगारी, विद्युत, सञ्चार आदिको विकास भएकोले बाक्लो बस्ती पाइन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।
2.)संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।
3.) जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।
4.)हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्ना सायालाइ चिठी लेख्नुहोस् ।
5.)जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।
6.)जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् ।
7.)धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।
8.)नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।
9.)नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्
10.) नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।