Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या व्यवस्थापन


जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै पनि देश वा समाजको विकासका लागि जनसङ्ख्या अपरिहार्य छ । देशमा उपलब्ध स्रोत र साधनको समुचित उपयोग देशको जनसङ्ख्याले गर्छ । देशको स्रोत र साधनको समुचित उपयोग गरी देश विकासलाई गति दिने काम पनि जनसङ्ख्याकै हो । देशमा उपलब्ध स्रोत र साधन तथा जनसङ्ख्याबिच तालमेल रहनु अनिवार्य छ । यसैले कुनै पनि देशमा रहेको जनसङ्ख्याको तुलनामा सो जनसङ्ख्यालाई उपभोग गर्न पुग्ने स्रोत र साधनको अनुपात मिलाउनुलाई नै जनसङ्ख्या व्यवस्थापन भनिन्छ । हरेक राष्ट्रले आवश्यक स्रोत र साधनको आपूर्ति र योजना बनाउँदा जनसङ्ख्याको स्थितिलाई ध्यान दिनुपर्छ । किनकि देशमा उपलब्ध स्रोत र साधनले जनसङ्ख्या वृद्धिलाई धान्न सकेन भने देशमा विकराल स्थिति उत्पन्न हुन्छ । देशमा बेरोजगारी बढ्छ साथै भोकमरी बढ्छ, आन्तरिक सुरक्षामा समस्या उत्पन्न हुन सक्छ । विकासको गति ठप्प हुन्छ । यदि देशमा उपलब्ध स्रोत र साधनलाई परिचालन गर्न जनशक्ति वा जनसङ्ख्या छैन भने स्रोत र साधन खेर जान्छ । देशमा विकास हुँदैन । यसकारण देशमा उपलब्ध स्रोत र साधनलाई उपयोग गर्ने जनसङ्ख्या कम भयो भने जनसङ्ख्या वृद्धि गर्नुपर्छ । यदि स्रोत र साधन उपलब्ध जनसङ्ख्यालाई पुगेन भने जनसङ्ख्या वृद्धि कम गर्नुपर्छ । यदि जनसङ्ख्या व्यवस्थापन सही तरिकाले भएन भने देशमा ठूलो समस्या उत्पन्न हुन सक्छ । यसकारण जनसङ्ख्या व्यवस्थापनको ठूलो महत्त्व छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
2.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
3.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
4.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
5.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
6.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
7.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
8.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
9.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
10.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी