Search answer for your unanswered questions.

Class : 11
Unit : मानव बस्ती


तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : म बसेको सहरलाई आजको रूपमा आउन करिब ७० वर्ष लाग्यो । जङ्गलको छेउमा रहेकाले रुख कटनी गर्ने कामको सिलसिलामा मानिसहरू आउन थाले । विस्तारै जङ्गल फडानी हुँदै गयो । पहाडतिरका मानिसहरू आउन थाले । वस्ती बढ्न थाल्यो । १० वर्षपछि साहु महाजनहरूले बाटोमा ढुङ्गा छापे । राजमार्गको निर्माण सुरु भयो । अझ वस्ती बढ्दै गयो । प्राथमिक विद्यालय खुले । ५ वर्षपछि माध्यमिक विद्यालयको स्थापना भयो । सानो अस्पतालको स्थापना सरकारले गर्यो । पूर्वपश्चिम राजमार्गको निर्माण थालनी भएपछि व्यापार बढ्यो । औद्योगिक क्षेत्रको स्थापना भयो । भारततिर मानिसहरू काम गर्न जान थाले । उताबाट आउँदा घरका लागि सरसामान खरिद गर्दा व्यापार बढ्यो । पहाडतिर बाटो बन्न थाल्यो । सरकारका मन्त्रीहरू आउन थाले । चुनावमा नेताहरूले विकासका लागि प्रतिबद्धता जनाए । क्षेत्रीय अस्पतालको निर्माण भयो। कलेजहरूको निर्माण भयो। टेलिफोनको विकास भयो। सडक फराकिलो बनाइयो। पढालेखा मानिसहरूको सङ्ख्या बढ्न थाल्यो। ठूला ठूला भवनहरू बने। विदेशतिरको व्यापार पनि बढ्यो । युवाहरू विदेशी रोजगारीमा जान थाले। विकास बढ्दै गयो । आज यो बजारको सबै वार्डमा कालोपत्रे सडक छ। यो सहरमा १६ वटा सरकारी मा.वि. छन् । ४० वटा निजी मा.वि. छन् । १२ वटा महाविद्यालय छन् । दुईवटा. महाविद्यालयमा डिग्री सम्म पठनपाठन हुन्छ । २ वटा प्राविधिक महाविद्यालय छन् । २ वटा ठूला अस्पताल छन् । सञ्चारको सुविधा छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्।
2.)जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।
3.)जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।
4.)संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।
5.) जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।
6.)हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्ना सायालाइ चिठी लेख्नुहोस् ।
7.)जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।
8.)जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् ।
9.)धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।
10.)नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।