Search answer for your unanswered questions.

Class : 11
Unit : मानव बस्ती


अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई वस्ती भनिन्छ । वस्ती सोना ठूलो हुन सक्छ । सुविधा थपघट हुन सक्छ । R.L. Sing का अनुसार: बस्न, प्रयोग गर्न, कुनै कुरा सञ्चित गर्न आदि जुनसुकै उद्देश्यका लागि निर्माण गरिएका घर तथा सडक गल्ली नै वस्ती हुन् । वस्तीको वर्गीकरण निम्नआधारमा गरिएको छ– i) अवस्थितिका आधारमा:– मैदानी वस्ती, पर्वतीय वस्ती, ताल किनारको वस्ती, समुद्र किनारको वस्ती, मरुभूमिको वस्ती आदि। ii) दुरीका आधारमा:– एक्लो वस्ती, छरिएको वस्ती, गुजमुज्ज वस्ती आदि । ii) समयका आधारमा:– अस्थायी वस्ती, स्थायी वस्ती, मौसम अनुसारको वस्ती आदि । iv) कामको आधारमा:– कृषि वस्ती, औद्योगिक वस्ती, व्यापारिक वस्ती आदि । v) आकारको आधारमा:– कृषि गृह, गाउँ, बजार, सहर आदि। vi) आकृतिका आधारमा:– रेखाकार, वृत्ताकार, तीन आकार, पंखा आकार तारा आकार आदि । मानव बस्तीलाई निम्न प्रकारले पनि विभाजन गर्न सकिन्छ- (a) ग्रामीण वस्ती (b) सहरी वस्ती ग्रामीण वस्ती:- कृषि, पशुपालन र साना व्यवसाय आदि कार्यको आधारमा विकसित भएको वस्ती ग्रामीण वस्ती हो। सहरी बस्ती:- सेवा, उद्योग, व्यापार, पर्यटन आदिको आधारमा विकसित वस्ती सहरी वस्ती हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ ?
2.) उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्।
3.)जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।
4.)जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।
5.)संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।
6.) जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।
7.)हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्ना सायालाइ चिठी लेख्नुहोस् ।
8.)जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।
9.)जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् ।
10.)धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।