Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : म ग्रामीण समुदायमा बस्छु । मेरो गाउँमा ४३१ वटा घरपरिवार बस्छन्‌ । यहाँ अधिकांश परिवार खेतीमा लागेका छन्‌ । मेरो गाउँ तराई प्रदेशमा पर्छ । यहाँको माटो मलिलो छ । हामी यहाँ धान, उखु, मकै, कोदो गहुँ, मुसुरो, कालोदाल, रहरको दाल तथा तरकारी उब्जाउँछौ । हाम्रो गाउँबाट नजिकको सहर १३ कि.मि. टाढा छ । त्यहाँसम्म जान पक्की बाटो छ । गाउँकै छेउबाट खोला बग्छ । खोलाको पानी हामी सिँचाइका लागि प्रयोग गछौँ । गाउँमा दुई परिवारहरूले खेतीका औजार मरम्मत गर्छन्‌ र नयाँ पनि बचाउँछन्‌ । गाउँमा ३ परिवारले किराना पसल र ३ परिवारले कपडा र अरू थोक बेच्छन्‌ । हामीलाई खेतबाट उत्पादन भएको सामान बिक्री गर्न समस्या छैन । गाउँमै उखुबाट सक्कर तयार गरिन्छ । धान कुट्ने मिल छ । बढी भएको उत्पादन सहर बजारमा सजिलै बिक्री हुन्छ । यहाँ एउटा हाईस्कुल छ । यहाँ एउटा स्वास्थ्य चौकी पनि छ। हाम्रो गाउँमा समतल जग्गा र मलिलो माटोले गर्दा मानिसहरू खेतीपातीमा लागेका छन्‌ । यहाँ वर्षायाममा धान रोपिन्छ । थप पानीको लागि खोलाको पानी प्रयोग गरिन्छ । खोलाकै पानी प्रयोग गरी हिउँदे बाली लगाइन्छ । सहर बजार जान कठिनाइ छैन । हामी कहाँ केही गर्मी भएपनि जाडोमा शीत लहर चल्दैन । यो सबै हामीले हाम्रो सहज भौगोलिक अवस्थाले गर्दा पाएका हौ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
2.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
3.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
4.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
5.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ
7.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
8.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
9.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
10.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।