Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पहाड, तराई, नदीनाला, छाँगो, जाडो, गर्मी, वेंसी, मरुभूमि, बनजङ्गल आदि भौगोलिक विविधताका उदाहरणहरू हुन् । यातायातका साधनको विकास तथा सञ्चार साधनको विकासले क्षेत्रीय तथा प्रादेशिक अन्तरसम्बन्ध तथा पहुँच र सहजतामा प्रभाव पार्छ । यातायातका साधन जस्तै; सडकमार्ग, जलमार्ग, हवाई मार्ग, रेलमार्ग आदिको विकास भएको छ भने एक ठाउँबाट अर्को ठाउँमा सहजै जान सकिन्छ । यसबाट सो स्थानको पहुँचमा सहजता हुन्छ । यातायातका साधनको विकासले क्षेत्रीय तथा प्रादेशिक सम्बन्ध स्थापना गर्न पनि सहज हुन्छ । यातायातको विकासले सञ्चार साधनको विकासमा मद्दत पुयाउँछ । टेलिफोन, रेडियो, टेलिभिजन, मोबाइल फोन आदि प्रयोगका लागि ठाउँठाउँमा टावर सहजरूपमा स्थापित गर्न सकिन्छ । तराई समतल क्षेत्र भएकोले यातायातको साधनहरूको विकास गर्न सकिन्छ । यसबाट सञ्चारको साधनको पनि विकास हुन्छ । यसरी क्षेत्रीय तथा प्रादेशिक अन्तर सम्बन्ध स्थापना गर्न सहज हुन्छ। पहाडी क्षेत्र तथा हिमाली क्षेत्र होचो अग्लो भूभागले भरिएको हुन्छ । पैरोको सम्भावना हुन्छ । यस्ता ठाउँमा यातायातको साधनको विकास गर्न कठिनाई पर्छ । सडक यातायात खर्चिलो र कठिन हुन्छ । रेलमार्ग र जलमार्गको सम्भावना हुँदैन । हवाई मार्ग विकास गर्न पनि समस्या हुन्छ । हवाईजहाजका लागि आवश्यक धावन मार्ग बनाउने ठाउँ विरलै पाइन्छ । खराब मौसमले गर्दा हवाई दुर्घटनाको सम्भावना भइरहन्छ । पहाडी भूभागले पनि हवाई चालकलाई तर्साउँछ । यातायातको कठिनाइले सञ्चार साधनको विकासमा समस्या उत्पन्न गर्छ । यसबाट क्षेत्रीय तथा प्रादेशिक अन्तरसम्बन्ध स्थापना गर्न सहज हुँदैन । विराटनगरबाट ओलाङचुङगोला पुग्न सजिलो छैन । सानो विपद आइपर्दा पनि सहायता चाँडो पुऱ्याउन सकिंदैन । उत्तरी सिमानामा स्थित सरकारी कार्यालयहरूमा आवश्यक सामान काठमाडौँबाट पुयाउन सहज छैन । विराटनगरबाट आवश्यक परे आधा घण्टामा काठमाडौँ पुगिन्छ । जुम्लामा टेलिफोन टावर मर्मत गर्नुपरे समय पर्खनु पर्छ । काठमाडौँबाट नै चाहेको बेला, आवश्यक परेको बेलामा मुस्ताङ पुग्न सकिँदैन । एउटा डाँडाबाट अर्को डाँडा पुग्न कति समय लाग्छ । यसैले भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध, पहुच र सहजतामा असर गरेको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
2.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
3.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
5.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
6.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
7.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ
8.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
9.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
10.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।