Search answer for your unanswered questions.

Class : 11
Unit : जात, जनजाति


समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास छ । जातीय विविधताका कारण प्राप्त हुने केही अवसरहरू: i) जातीय विविधताले गर्दा नेपाल बहुजातीय मुलुक बनेको छ । ii) विविध जातिको आ-आफ्नो पेशाले गर्दा हाम्रो सामाजिक तथा धार्मिक आवश्यकताहरू पूरा भएको छ। iii) पहाडी क्षेत्रमा कठिन जीवनशैली अवलम्वन गरी निडर तथा परिश्रमी जातजातिहरूले सुरक्षा कार्यमा सेनामा अवसर पाएका छन् । iv) हिमाली क्षेत्रमा जीवन यापन गर्ने शेर्पा जातिहरू पर्वतारोहण कार्यमा सहयोग गरी जीविका उपार्जन गर्ने गरेका छन् । v) विभिन्न सांस्कृतिक गतिविधि गरी आफ्नै जीवनशैली अवलम्वन गर्ने नेवार जातिहरूले सांस्कृतिक तथा जातीय पहिचान अवलोकन गर्न विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकेको छ। vi) सुनचाँदीका गरगहना बनाउने कालीगढ जातिको सीप अझ निर्खान तालिम दिएमा हामी नेपालबाट सुनचाँदीका गरगहना निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्छौं । viii) विविध जातिहरूको आ-आफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल बहुसांस्कृतिक मुलुक भएको छ । साथै यसबाट नेपाल विदेशी पर्यटकहरूको गन्तव्य स्थान बनेको छ । क्षेत्रीय विविधताबाट प्राप्त हुने अवसर: i) क्षेत्रीय विविधताले गर्दा यहाँ विभिन्न हावापानी पाइन्छ । सो हावापानी विविध प्रकारका अन्नबालीहरू उत्पादन हुन सहज भएको छ। ii) तराईमा बढी उत्पादन भएको अन्न देशको सबै भागमा पुगेको छ । यसबाट भोकमरी हटेको छ । iii) पहाडी क्षेत्रमा उत्पादन हुने नगदे बाली ( चिया, अलैंची, अम्रेसो आदि) तथा फलफूलले देशको तराई iv) भागसम्म ठाउँ पाएको छ । बढी बाली निर्यात पनि गरिन्छ । v) अग्ला हिमाली क्षेत्र स्वदेशी तथा विदेशी पर्वतारोहीहरूलाई आकर्षित गरेको छ । vi) क्षेत्रीय विविधताले गर्दा भएको प्राकृतिक सुन्दरता अवलोकन गर्न विदेशीहरू समेत आउने गरेका छन्। vii) पहाड़ी क्षेत्रबाट वगेका नदीहरूले जलविद्युत् उत्पादनमा सहयोग गरेको छ । viii) पहाडी क्षेत्रमा पाइएका खनिज वस्तुले उद्योग सञ्चालन (सिमेन्ट) मा सहयोग गरेको छ । ix) तराईमा उत्पादन भएको नगदेबाली (जुट, चिया, सुर्ती, उखु, कफी आदि) ले तराईमा उद्योगहरूको स्थापना भएको छ । x) पहाडी क्षेत्रमा उत्पादन हुने जडीबुटीहरूले औषधि निर्माणमा सहयोग गरेका छन् । xi) पहाडी तथा तराई क्षेत्रको कृषिलाई आधुनिकीकरण गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । xii) तराईमा यातायात, स्वास्थ्य, सञ्चार, विद्युत्, उद्योग सेवाको विकास गरी रोजगारीको अवसर सृजना गर्न सकिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।
2.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
3.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
4.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
5.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
6.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
7.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
8.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
9.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
10.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।