Search answer for your unanswered questions.

Class : 11
Unit : बहुसांस्कृतिक र सामाजिक एकता


बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालं बहुल जाति, बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक सम्प्रदाय भएको देश हो । यस देशको पहिचान नेपालको राष्ट्रिय गीतले नै गराउँछ । मेचीदेखि महाकालीसम्म फैलिएको हाम्रो देशमा हिमाल पहाड र तराई भएको बहु भौगोलिक क्षेत्र छ । त्यस्तै यहाँ ब्राह्मण, क्षेत्रीय, नेवार, राई, मगर, लिम्बू, ठकुरी, कुमाइ, थारु, यादव, मुसलमान, छन्त्याल आदि बहुजातिको बसोबास छ । जसरी फूलैफूल गुँथेर एउटा माला बन्छ, त्यसरी नै बहुजातीय संस्कृति मिलेर नेपाल बनेको छ । मालामा गुडिंएका फूलहरूको आफ्नै पहिचान हुन्छ र समग्र मिलेर पनि अलग पहिचान । विभिन्न जातिको संस्कृतिको आफ्नै पहिचान छ, समग्र संस्कृति मिलेर नेपालीको पहिचान बनेको छ । भक्तपुरमा मनाइने गाईजात्राको रौनक नै अर्को छ । काठमाडौंको घोडेजात्राले दर्शकलाई त्यतिकै लोभ्याउछ । किराँतीहरूको उधौँली र उभौँलीमा झ्यालीझ्याम्टाको स्वरले कति उत्साहित बनाउँछ । ब्राह्मणहरूले गाएको वालनले ईश्वरभक्तितिर मन लैजान्छ । तराईमा मनाइने होलीले भिन्न भिन्न रङ्गहरू मिलेर एउटै होलीको रङ्ग बन्छ । जुनसुकै जातको होस्, जुनसुकै उमेरको होस्, सबैको साथ भए सुखमय समाज बन्छ भनेर होलीले सन्देश दिन्छ । हिमाली भेकमा मनाइने मनिरिम्दु, ल्होसार, बुद्ध जयन्ती, पहाडमा मनाइने दशैं, तिहार, उधौँली, उभौँली, गौरा, भैलो तथा तराईमा छठ, मकर सङ्क्रान्ति, तिहार आदि हो । यी सबै नेपालमा बसोबास गर्ने नेपालीका संस्कृति हुन् । विभिन्न जातिका फूल उनिएर एउटै माला बनेझै विभिन्न क्षेत्रमा रहने जात जातिको आफ्नो मौलिक परम्परा, रीतिरिवाज, संस्कृति मिलेर एउटै नेपालीको पहिचान दर्शाउँछ । यसैले भन्छन् बहुसंस्कृति नै नेपालीको पहिचान हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
2.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
3.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
4.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
5.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
6.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
7.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
8.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
9.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
10.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।