Search answer for your unanswered questions.

Class : 11
Unit : दलित सवाल


‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्राचीन समयमा जातीय व्यवस्था निर्माण गर्दा ब्राम्हण, क्षेत्रीय, वैश्य र शुद्र गरी चार वर्णको व्यवस्था गरियो । शुद्र वर्णलाई अरूको सेवा गर्ने काम जिम्मा दिइयो । समाजका टाठाबाठाहरूले अरूको सेवा गर्ने श्रमजीविहरूको श्रम शोषण गरेर उनीहरूसँग भेदभावको व्यवहार गरिन थालियो । यसलाई धर्मसँग जोडी कानुनहरू पनि बनाइए। समाजमा यिनीहरूलाई दलित भनियो । यसैले दलित भनेको सामाजिक विभेदको परिणाम हो । वास्तवमा जातका आधारमा ठूला साना हुँदैनन् । असल कामका आधारमा, योग्यता, क्षमता तथा सकारात्मक सोचले गर्दा मानिसको व्यवहारलाई ठूलो सानो भन्न सकिन्छ । तर सानिस मानिसमा सानो ठूलो कोही हुँदैन । यस्तो व्यवहार मानवोचित तथा न्यायोचित हुँदैन । यस्ता विभेदले मानिस मानिसबिच मनोमालिन्य (झगडा) बढाउँछ । आपसी द्वेष, डाहा र घृणा सृजना गर्छ । जुन व्यवहारले समाजमा एकता तथा शान्तिमा बाधा पुर्याउँछ, त्यस्ता व्यवहारलाई दण्डित गरी निषेध गर्नुपर्छ । यसकारण सामाजिक विभेद र छुवाछुतको व्यवहार दण्डनीय हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?
2.)नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।
3.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।
4.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
5.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
6.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
7.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
8.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
9.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
10.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।