Search answer for your unanswered questions.

Class : 11
Unit : जात, जनजाति


नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यस देशमा बहुसङ्ख्यक जातिहरूको बसोबास छ । यहां शेर्पा, नेवार, थकाली, ब्राह्मण, क्षेत्री, सुनुवार, यादव, धानुक, राई, लिम्बू, मगर, गुरुङ, थकाली, आदि गरी सयभन्दा बढी जातजातिका मानिसहरू यस देशमा शान्तिपूर्वक बसोबास गरिरहेका छन् । यसकारण नेपाल एक बहुजातीय देश हो। नेपालमा बसोबास गरिरहेका जातजातिहरूको आफ्नै भाषा छ । राई, लिम्बू, नेवार, मगर, गुरुङ, थकाली, भोटे, शेर्पा, चेपाङ, आदि विभिन्न जातजातिहरूबाट नेपालमा सयभन्दा बढी भाषा बोलिन्छन् । यसले नेपाल एक बहुभाषिक मुलुक हो। नेपालमा बसोबास गरिरहेका विभिन्न जातजातिहरूको आ-आफ्नै सांस्कृतिक परम्परा छ । नेवारहरूले भोटो जात्रा, विस्केट जात्रा, लाखे जात्रा, गाईजात्रा बाहेक पुलकिसी नृत्य, आर्यतारा नृत्य आदि त्यस्तै दशैं, तिहार, माघे सङ्क्रान्ति, फागु, ल्होसार, गौरा पर्व आदि विभिन्न चाडपर्वहरू मनाइन्छ । त्यस्तै नेपालमा हिन्दू धर्मावलम्बीहरू बौद्ध धर्मावलम्बीहरू, ईस्लाम धर्मावलम्बीहरूका साथै अन्य धर्मावलम्बीहरू पनि बसोबास गर्छन् । नेपालमा धर्मकानाममा कहिले झगडा भएन । पुरातनकालदेखि नै एकले अर्काको धर्मप्रति सम्मान गर्ने गरेका छन् । यहाँ शैव, शाक्त, वैष्णव, जैन, बौद्ध आदि विभिन्न सम्प्रदायका मानिसहरूको बसोबास छ । यसैले नेपाल बहुसांस्कृतिक देश हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।
2.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।
3.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
4.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
5.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
6.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
7.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
8.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
9.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
10.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।