Search answer for your unanswered questions.

Class : 11
Unit : वर्तमान संविधानको राजनितिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता


संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : देशमा कानुनको राज्य भए नभए परीक्षण गर्ने केही आधारहरू निम्न छन् : i) स्वतन्त्र र सक्षम न्यायपालिका ii) मौलिक हक र मानव अधिकार iii) शक्ति पृथकीकरण र सन्तुलन iv) जवाफदेहिता v) सरकारको सीमित भूमिका vi) सुशासन आदि नेपालमा कानुनी विशेषतामा कानुनी शासनको प्रत्याभूति गरिएको छ । देशमा प्रचलित कानुनको अधीनमा रही सरकारका सबै निकायहरूले काम गर्छन् । कानुन बाहिर गई काम गरेमा सो कर्मचारी वा निकायले कानुनमा तोकिएको दण्ड सजाय पाउँछ । नेपालमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबिच शक्तिको बाडफाँड गरिएको छ साथै यी अङ्गहरूबिच सन्तुलन र नियन्त्रण राखिएको छ । देशमा कानुन बनाउने संसदलाई मात्र छ । संसदबाट पारित कानुन अनुसार कार्यपालिकाले देशको शासन चलाउँछ । सो कानुन नमानेमा वा विपरीत काम गरेमा न्यायपालिकाले कानुन बमोजिमको दण्ड सजाय गर्छ । एउटा निकायले अर्को निकायको काममा बाधा पुर्याउन पाउँदैन । संविधानमा नै नागरिकहरूलाई मौलिक हक एवम् मानव हकको व्यवस्था गरिएको छ । मौलिक हक हनन हुन गएमा संविधानले दिएको संवैधानिक उपचारको हक प्रयोग गरी अदालतबाट आफ्नो हक प्राप्त गर्न पाइन्छ । संविधानको प्रस्तावनामा नै कानुनी राज्यको अवधारणा उल्लेख गरिएको छ साथै सुशासनको प्रत्याभूतिको पनि उल्लेख भएको छ । कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकाको काममा प्रभाव पार्न सक्दैनन् । न्यायधीशहरूले न्याय सम्पादन गरेको कार्यमा प्रश्न उठाउन पाइँदैन । सरकारले देशको प्रचलित कानुनको अधीनमा रही काम गर्नुपर्छ । संसदलाई सरकारको कामप्रति प्रश्न गर्ने अधिकार छ । चित्त नबुझे अविश्वासको प्रस्ताव पारित गरी सरकारलाई बर्खास्त गर्न सक्छ । स्थानीय स्तरमा कानुनी राज्यको प्रत्याभूति दिन न्यायिक समिति रहने व्यवस्था छ। यसबाट स्थानीय स्तरमा जनताले सहजरूपमा न्याय पाउन सक्छन् । संविधान तथा कानुनको व्याख्या गर्ने अन्तिम.अधिकार सर्वोच्च अदालतलाई छ सो अदालतले गरेको व्याख्यालाई अन्तिम र आधिकारिक मानिन्छ । यी सबै कानुनी विशेषताहरूले नेपाली नागरिकलाई कानुनी राज्यको अनुभूति गराउन सक्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
2.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
3.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
4.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
5.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
6.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
7.)शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
8.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?
9.)इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?
10.)नसङ्ख्या भनेको के हो?