Search answer for your unanswered questions.

Class : 11
Unit : बहुसांस्कृतिक र सामाजिक एकता


तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हासो समुदायमा भएका विविधताहरू: हाम्रो समुदायमा बसोबास गरिरहेका जाति सम्प्रदायहरू- ब्राह्मण, क्षेत्रीय, नेवार, राई, लिम्बू, मुसलमान, यादव, हजाम, पोडे, थारु, धोवी, खड्गी, मारवाडी, थारु, कोइरी, लामा, सन्यासी आदि हाम्रो समुदायमा भएका धार्मिक स्थानहरू- कृष्णमन्दिर, शिवमन्दिर, काली मन्दिर, हनुमान मन्दिर, राम मन्दिर, नृसिंह मन्दिर, कृष्ण प्रणामी मन्दिर, २ वटा मस्जिद, ५ वटा चर्चहरू हाम्रो समुदायमा मनाइने चाडपर्वहरू: दशैं, तिहार, गाईजात्रा, माघे सङ्क्रान्ति, फागु, असार १५, सरस्वती पूजा, कृष्ण अष्टमी, इद, वकरिद, ल्होसार, उभौंली, उधौली, बुद्ध पूर्णिमा, जनै पूर्णिमा, शिवरात्री आदि । एकताका उदाहरणहरू: हाम्रो समुदायमा मन्दिरकै छेउमा मस्जिद र चर्च छन् । चर्चमा प्रार्थना गरिरहँदा मन्दिरमा शंख बजिरहन्छ । हिन्दूधर्मावलम्बीहरूले धर्मसम्बन्धी प्रवचन कार्यक्रम गर्छन् । भागवत पूजा लगाउँछन् मुसलमानका मौलवीहरूले आफ्नो धर्मबारे मस्जिदमा प्रवचन दिन्छ । इसाईहरूले क्रिसमस मनाउँछन् । कतै कतै विद्यालयमा ‘शान्ता क्लाउज (Santa Claus) बनाएर कार्यक्रम पनि गर्छन् । कुनै धर्मावलम्बीहरूले अर्को धर्मावलम्बीहरूको कार्यक्रममा बाधा पुयाउँदैनन् । कार्यक्रम आयोजना गर्दा सबैको सहयोग लिइन्छ । समाजमा हुने जातिका न्वारान, पास्नी, ब्रतबन्ध, विहे आदि संस्कारहरूमा छिमेकीहरूलाई निमन्त्रणा दिइन्छ । मलामी जाँदा छिमेकीहरू जात हेर्दैनन् । छिमेकी भनेको सधैं चाहिन्छ भन्ने भावना हामीमा छ । यसैले हामी सबै मिलेर शान्तिपूर्वक आ-आफ्ना पेशा व्यवसाय सञ्चालन गरी एकआपसमा समानुभूति, सद्भाव राखी बसेका छौं।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
2.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
3.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
4.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
5.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
6.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
7.)सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
8.)सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
9.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
10.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।