Search answer for your unanswered questions.

Class : 11
Unit : दलित सवाल


दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : दलित जातिका धेरै समस्याहरू छन् । तीमध्ये मुख्य रूपमा यी हुन् : (क) आर्थिक क्षेत्रमा भूमिहीनता, बेरोजगारी र परम्परागत पेसा एवम् वालीघरे प्रथा रहनु:- दलित जातिमा अधिकांशको आफ्नो जग्गा छैन । अर्काको जग्गामा बसी जग्गाधनी तथा अरू कहाँ काम गर्छन् । दलित जातिका युवाहरूले पुर्खाली पेसामा लागेका बाहेक अरूहरू बेरोजगार छन् । गाउँघरमा ठूलावडाको घरमा काम सघाइदिए वापत एकमुष्ट एक वर्षमा वाली पाउँछन् । यसलाई वालीघरे प्रथा भनिन्छ । जस्तै: कामीले फलामका सामान मरम्मत गरिदिए वापत, हजामले केश काटी दिएवापत आदि। यस्ता काम जुन घरको गरिन्छ, सो घरबाट वर्षमा एकचोटी एकमुष्ट अन्न पाउँछन् । घरपट्टिले जे दिए पनि उनीहरूको खुसी नत्र अरू चिज माग्न पाउँदैनन् । यस्तो अन्न वर्षमा २/४ पाथी हुन सक्छ । (ख) राजनैतिक एवम् प्रशासनिक क्षेत्रका नीति निर्माण र नीति कार्यान्वयन गर्ने निकायमा समानुपातिक र सार्थक उपस्थितिको व्यवस्था नहुनु :- सरकारी सेवामा वा निर्वाचनमा उम्मेदवार वा संवैधानिक आयोगका पदाधिकारी, मन्त्रीहरू, राजपूतहरू, सचिवहरू आदि उच्च पदमा जहाँ नीति बनाइन्छ र कार्यान्वयन गराइन्छ, त्यस्ता पदमा दलितहरूको सङ्ख्या धेरै कम छ । त्यसका लागि कानुनी रूपमा सहभागिताको व्यवस्था छैन । (ग) छुवाछुत तथा भेदभाव हुनु, शिक्षामा पहुँच नहुनु, सामाजिक अपमान र सामाजिक अन्याय कायम रहनु:- समाजमा हालसम्म छुवाछुत र जातीय भेदभावको मानसिकता छ । बहुसङ्ख्यक दलित गरिब भएकाले आफ्ना बालबालिकालाई पढाउन खर्च जोहो गर्न सक्दैनन् । समाजमा ठूला जातका मानिसले छोइन्छ कि भनेर टाढैबाट हिड्छन् । दलितका हातबाट पानी लिन मान्दैनन् । सामाजिक गतिविधिमा सँगै बस्न अनकनाउँछन् । गाउघरमा त दलितहरूलाई होच्याएर बोलाइन्छ । (घ) व्यक्तिगत स्वतन्त्रता र क्षमताको उपयोग गर्नबाट वञ्चित हुने अवस्था हुनु:- योग्य भएपनि दलितलाई अगाडि बढ्ने अवसर दिइँदैन । दलित अगाडि बढेमा ठूला जातिले मौका पाउँदैनन् भन्ने विचार ठूलावडामा भएको देखिन्छ । दलित समस्याका समाधानका उपायहरू: दलित समस्याका समाधानका लागि केही उपायहरू निम्न हुन् सक्छन् : (i) दलित जातिका बालबालिकाहरूलाई विद्यालयमा अध्ययन गर्न सहज पहुँच बनाउनु पर्छ । (ii) योग्य तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ । (iii) प्रत्येक राजनैतिक दलले निर्वाचनमा दलित जातिका उम्मेदवारलाई पनि स्थान दिनुपर्छ । (iv) प्रत्येक राजनैतिक दलहरूबाट मनोनित हुने सदस्यहरूमा दलित जातिको पनि सहभागिता गराउनु पर्छ । (v) संवैधानिक निकायहरूमा पनि दलित जातिबाट सार्थक उपस्थिति गराइनु पर्छ । (vi) दलित जातिका महिलाहरूको समूह बनाई समूहमा बचत गर्ने प्रवृत्ति विकसित गराउन महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना गर्न सहयोग गर्नुपर्छ । यस्ता संस्थामा बचत जम्मा गर्ने तथा बचतमाथि केही व्याज दिने व्यवस्था गर्ने । जम्मा भएको बचतलाई दलित उद्यमी महिलालाई १० महिलाको जमानिमा थोरै ब्याजका दरले ऋण उपलब्ध गराई आत्मनिर्भर बन्न सहयोग गर्नुपर्छ । (vii) दलित युवालाई रुचिअनुसारको कामको तालिम प्रदान गरी स्वरोजगारका लागि प्रेरित गर्ने वा देशैभरीका दलित संघसंस्थामार्फत् विभिन्न उद्योगहरूमा रोजगारीका लागि सहयोग गर्ने । (viii) दलितप्रति अपमानजनक व्यवहार भएमा पीडितले उजुरी गर्दा तत्काल कार्वाही गर्ने व्यवस्था गर्ने । (ix) ‌ राज्यबाट तथा स्थानीय सरकारबाट दलितहरूलाई आत्मनिर्भर बन्नमा नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । (x) दलितका परम्परागत पेसालाई तालिम तथा सरल ब्याजमा ऋण प्रवाह गरी आधुनिकीकरण गर्न सहयोगगर्नुपर्छ । (xi) अति विपन्न दलित परिवारलाई राज्यबाट वा कल्याणकारी संस्थाहरूबाट आवास सुविधा प्रदान गर्नुपर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।
2.)राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?
3.)नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।
4.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।
5.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
6.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
7.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
8.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
9.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
10.)ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।