Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा पनि हिमाली, पहाडी तथा तराइतिरका मानिसहरूको जीवनशैलीमा भौगोलिक अवस्थाले प्रभाव पारेको प्रष्ट देखिन्छ। शेर्पा, भोटे, मुस्ताङ्गी आदि हिमाली प्रदेशमा बस्छन् । यहाँको धरातल होचो अग्लो छ । हिउँदमा हिउँ पर्छ । यसैले यहाँका मानिसहरू जाडो छल्न बाक्लो ऊनी लुगा लगाउँछन् । बक्खु लगाउँछन् । चौरी, भेडा, च्याङ्ग्रा र घोडा पाल्छन् । मालसामान ओसार्न याक र घोडा प्रयोग गर्छन् । आउनजान घोडा प्रयोग गर्छन् । ‘शरीरमा स्फूर्ति रहोस् भनी चियामा नुन र घिउ हालेर पिउछन् । भेडा र च्याङ्ग्राको रौंबाट उनी कपडा तयार पार्छन् । चौरीको दूधबाट छुपी र चीज तयार गरिन्छ । पहाडी धारतलमा हिड्डुल गरी रहनुपर्ने हुनाले यिनीहरू पहाड चढ्न सिपालु हुन्छन् । जाडो छल्न हिउँदमा अलि गर्मी ठाउँतिर झर्छन् । पहाडी प्रदेशको धरातल पनि होचो अग्लो भूभागले बनेको छ । यहाँ गर्मीमा बढी गर्मी हुँदैन तर हिउँदमा केही जाडो हुन्छ । यहाँ मगर, गुरुङ, राई, लिम्बू, क्षेत्री, बाहुन आदि जातिका मानिसहरूको बसोबास छ । यहाँका मानिसहरू दौरा सुरुवाल, कोट, टोपी र पटुका लगाउँछन् । पटुकामा खुकुरी भिड्छन् । महिलाहरू सारी चोलो पटुका मजेत्रो लगाउँछन् । किराती महिलाले खुर्पा पनि बोक्छिन् । यहाँका मानिसहरूले जीवन धान्न खेतीपातीका साथै गाईवस्तु, भेडाबाखा आदि पाल्छन् । कठिन भौगोलिक धरातलमा जीवन धान्नुपर्छ । डोकोमा पानी होस् वा सामान होस् बोकेकै हुन्छन् । घासपात काटेर पशुभाउ पाल्नुपर्छ । ठूला बजार जताततै हुँदैन । यसैले आवश्यक वस्तु खरिद बिक्री गर्न पहाडी क्षेत्रमा हाट लाग्ने प्रचलन छ । काम गर्न ताकत चाहिने तथा कठिनाईलाई विर्सनका लागि मासांहारी खाना बढी प्रयोग हुन्छ । तराईमा गर्मी बढी हुन्छ । वर्षायाममा प्रशस्त वर्षा हुन्छ । माटो मलिलो हुन्छ । यसैले यहाँ वर्षे बाली र हिउँदे बाली लगाइन्छ । पुरुषहरू धोती पाइजामा कमेज जस्ता खुकुलो लुगा लगाउँछन् । महिलाहरू साडी चोलो लगाउँछन् । यसबाट गर्मी छल्न सजिलो हुन्छ । खेतीपातीमा लाग्नु परेकोले खेतीबाट फुर्सद भएको मौकामा चाडपर्व मनाउने गर्दछन् । शाकाहारी खाना बढी प्रयोग हुन्छ । तराईमा आवतजावत गर्न सजिलो हुन्छ किनकि समतल जग्गा छ, खाद्यान्नको अभाव हुँदैन । यसैले मानिसहरूलाई बढी परिश्रम गर्नुपर्दैन । यसरी नेपालमा पनि मानिसहरूको जीवनशैलीमा भौगोलिक अवस्थाको प्रभाव परेको देखिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
2.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
3.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
6.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
7.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
8.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ
9.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
10.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।