Search answer for your unanswered questions.

Class : 11
Unit : दलित सवाल


दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कथा पीपलभिरे गाउँमा जातजातका मानिसहरू टोल टोल बनाई बसेका थिए । माथिल्लो टोलमा क्षेत्री बाहुन, नेवार बस्थे । कोही पसल गर्थे । कोही जागिर र कोही खेती गर्थे । तल्लो टोलमा दलितहरू बसेका थिए । यहाँ दमाइ, विश्वकर्मा, धोवी आदि थिए । तल्ला टोलका कुँवामा माथिल्लो टोलका मानिस पानी लिन आउँदैन्थे माथिल्लो टोलको कुँवामा तल्ला टोलकालाई जान मनाही थियो । कहिलेकाहिं गर्मीमा कुँवामा पानी नहुँदा दलितहरूलाई पानी लिन अर्को गाउँ जानुपर्थ्यो । गाउँको विद्यालयमा पनि दलितका बालबालिकालाई पढ्न । दिइदैन्थ्यो। समय बित्दै गयो । माथिल्लो टोलका धनप्रसाद बाजे मधेश पुगेर आउनुभयो । राति ज्वरो आएछ । खोक्न थाल्नु भयो । स्वाँ स्वाँ गर्न लाग्नुभयो । बुढो जीउलाई सकस पार्यो । गाउँका डाक्टर कहाँ पुर्याएछन् । डाक्टरले यो सरुवा रोग हो। अरूलाई पनि सर्न सक्छ टाढै रहनु भन्नुभयो । बाजे त तेस्रो दिन वित्नुभयो । टोलका मानिसहरू विरामी सर्ला भनेर कोही आएनन् । दलित टोलकाले सुनेछन् । यस्तो आपद विपदमा पनि डर मानेर हुन्छ । मर्ने ज्यान कुनै दिन त जान्छ जान्छ । हर्कै मिजारले भन्यो- ल भाइ हो । बाजेलाई हामी चाहिएको छ । जाऔं, उहाँको अन्तिम संस्कारमा मद्दत गरौं । सबै टोलेहरू गएर बाजेका पार्थिव शरीर मसानघाट पुर्याई दाहसंस्कार गरिदिए अनि घर फर्के। अस्तिको महिना चन्द्रप्रसाद लप्टन विरामी परेछन् । काठमाडौमा देखाउँदा त किड्नी फेल भएछ । किड्नी फेर्नुपर्छ भनेर डाक्टरले सल्लाह दिएछन् । लप्टन साहबले आफन्तहरूलाई भने । पैसा दिन्छु पनि भने । कोही आएनन् । किड्नी दिएर आफू मरियो भने पैसा के गर्नु नि । हुनलाई त होनि । तर मद्दत पनि गर्नुपर्छ । बिर्खे दमाइको छोरा अस्ति पल्टनबाट विदा भएर आएको थियो । उसले भन्यो- बुबा, लप्टन काकालाई म एउटा किड्नी दिन्छु । एउटाले पनि मेरो जीवन चल्छ । उनी त बाँच्छन् । विचराले काठमाडौं भएर लप्टनलाई किड्नी दिएछन् । अस्तिको कुरा हो, रामप्रसाद बाजेकी श्रीमती सिकिस्त बिरामी भएर विराटनगर पुर्याए । उहाँको त अप्रेसन गर्नुपर्छ, रगत चाहिन्छ भनेछन् । बाजेका सन्तानको रगत नमिल्ने भएपछि डिल्ली विश्वकर्मा, सुशील दर्नाल र जीवे दमाइको रगत मिलेछ र उनीहरूकै रगत लिएर डाक्टर साहबले अप्रेसन गर्नुभयो र बज्यैलाई बचाउनु भयो । आज त बज्यैले भन्नुभयो- तिनीहरूले ठूलो उपकार गर्यौ बाबु हो । तिमीहरू धन्यका हौँ। हिजो गाउमा संसारी माइको पूजा थियो । संसारी माइको पूजा थियो । संसारी माइको पूजा गर्न काशीबाट पण्डित आएका थिए । पूजामा एकातिर माथिल्लो टोलका र अर्कातिर तल्लो टोलका मानिसहरू थिए । पूजा सकियो । प्रसाद बाँड्दा पण्डितजीले फरक फरक बसेको देख्नु भयो र कृष्ण बाजेलाई सोध्नुभयो- बाजे, किन तपाईहरू फरक फरक बस्नु भएको ? बाजेले भन्नुभयो- उनीहरू दलित हुन् । छोयो भने जात जान्छ । काशीका पण्डितले सबैलाई सुन्नुगरी भन्नुभयो- हेर भाइबहिनी हो । यो जात मानिसले बनाएका हो, भगवानले होइन । सानो जात ठूलो जात हुँदैन । अस्ति बज्यैलाई रगत दिंदा जात गयो कि ज्यान आयो ? सोच्नुहोस् । लप्टेनले किड्नी पाउँदा ज्यान बाँच्यो कि जात गयो। धनप्रसाद बाजेको सद्गत गर्न कोही नभएर दलितहरूले सद्गत गरे । सोच्नुहोस् त मिलेर बस्दा, आपदविपदमा सहयोग गर्दा, सबैको साथ चाहिन्छ । विश्वमा अन्य ठाउँमा जानुहोस् त त्यहाँ कहाँ जात छ । गोराको मुलुकमा जात छ ? तालिम लिएर पढेर चर्चमा पादरी बन्छन् । योग्यता भए जो कोही पनि डाक्टर, प्राविधिक बन्न सक्छन् । ल आजबाट तपाईंहरूले यो फरक यही बिर्सेर जानुहोस् । सबै मानिस समान हुन् । कामको सम्मान गर्नुहोस् । जातले कोही सानो ठूलो हुँदैन । कर्मले सानो ठूलो हुने हो । पढ्न सबैले पाउनुपर्छ, हो कि होइन भाइ हो ? सबैले भने- हो हो । ल आजबाट हामी पनि सबै मिलेर बस्ने छौ । सानो जात ठूलो जात भनेर भन्दैनाँ । यति भनी सबै गाउँले आ-आफ्नो घरतिर लागे । पण्डितजी पनि झर्नु भयो। सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला भन्ने बेलामा तात्तात्तै आइजाला ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।
2.)राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।
3.)राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?
4.)नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।
5.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।
6.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
7.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
8.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
9.)जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
10.)रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।